प्रधानमन्त्रीद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

Norvic Hospital
  • मंगलबार, २२ आषाढ, २०७८
  • 6 months ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको मंगलबार शिलान्यास गरेका हुन् । 

 

प्रतिष्ठानको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले उच्चस्तरीस्य शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताए । 

 

प्रतिष्ठानको स्थापनासँगै स्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकीय गन्तव्य बन्ने उनले बताए । मुलुकमा रहेका अनेकौँ प्रकारका विविधतालाई सम्पत्ति र सम्पन्नताको रूपमा लिँदै सबै मिलेर गरिबी, पछौटेपन हटाउनुपर्ने तथा विकासका काममा एकजुट हुनुपर्ने प्रम ओलीले बताए ।

 

तोकिएको समयमा र गुणस्तरीयरूपमा प्रतिष्ठानको काम सक्न स्थानीय तह, जनप्रतिनिधि र जनसमुदायसँग प्रम ओलीले सहयोगको अपेक्षा गरे । प्रधानमन्त्री ओलीले प्रदेश नं २ का लागि सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पुर्याउने र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।

 

‘एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

 

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाए । सप्तरीमा अहिलेसम्मका संरचनाभन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलियो र आकर्षक संरचना हुने भन्नुहुँदै उनले बाहिरी पक्षमा मात्र आकर्षक नभई आन्तरिकरूपमा सेवा पनि बलियो हुने बताए ।

 

मन्त्रिपरिषद्को विसं २०७५ पुस १६ गतेको निर्णयले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जग्गा विवाद समाधान भई जेठ ३१ गते ६१ बिघा छ कट्टा जग्गा प्राप्त भएपछि शिलान्यासको कार्यक्रम अघि बढेको हो । कूल रु ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

  • 42 minutes ago
काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ भने यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ ।

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

  • 46 minutes ago
नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

काठमाडौं । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।

युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

  • 49 minutes ago
युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं । नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।