विकास र समृद्धिका लागि कम्युनिष्ट सरकारनै चाहिन्छ: अध्यक्ष ओली

Norvic Hospital

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

 

अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आईतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खवरदारी समेत गरे । 

 

“यी सबै कुराहरुको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं ।” अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने, “प्रतिवाद गर्छौ र आवश्यक प¥यो भने प्रतिरोध पनि ।” उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गरे।

 

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताए । उनले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाए । “पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पुर्याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।” अध्यक्ष ओलीले आक्रोशित हुँदै भने, “यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।”

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

  • 8 minutes ago
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध

एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

  • 19 minutes ago
एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीक

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

  • 19 minutes ago
बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा  दुर्घटना, १९ जना घाइते

एजेन्सी । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।