प्रचण्डले 'बेमाैसमी राग' उरालेकाे केपी अाेलीकाे ठहर

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाण्डौ । नयाँ नयाँ एजेण्डा उठाएर राष्ट्रि राजनीति र पार्टी नेतृत्वको केन्द्रमा बसिरहन सिपालु प्रचण्डले केही समयत यता राजनीतिको शान्त तलाउमा ढुंगा हानेर तरंग फिँजाएका छन् ।

 

पार्टीका एक नम्बर अध्यक्ष एवँ प्रधानमन्त्री केपी ओलीलगायत पूर्व एमालेका शीर्ष नेताहरूसँग गम्भीर छलफल नगरी प्रचण्डले एकतीरले अनेक शिकार गर्ने दाउले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान राख्नेगरी संविधान संशोधन गर्ने क्याम्पेनिङ सुरू गरेका छन् ।

 

कुनै समय आफुलाई भित्ते राष्ट्रपति भनेर गरिएको उपहासको समेत क्षतिपूर्ति कार्यकारी राष्ट्रपति बनेर गर्ने चतूर खेल महत्वाकांक्षी प्रचण्डबाट सुरू भएको विश्लेषण गरिँदैछ ।

 

स्थिर सरकारको पक्षमा रहेको जनमतले पाँच वर्षसम्म ढुक्कै सत्ता चलाउने कार्यकारी प्रमुखको रुपमा आफुलाई चुन्ने अति आत्मविश्वास, भ्रम वा यथार्थबोधमा प्रचण्ड रमाइरहेको देखिन्छ ।

 

संसदबाट निर्वाचित प्रधानमन्त्री र अस्थिर सरकारबाट दिक्क भएका नेपाली काँग्रेसका चामत्कारिक प्रगतिमा विश्वास गर्ने युवा नेताहरूसमेत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ललिपपबाट लोभिने र काँग्रेसभित्र पुरानो र नयाँ पुस्ताबीच रडाको मच्चिने हिसाबा प्रचण्डले निकालेको स्रोतको दाबी छ । 

 

फास्ट ट्रयाकाबाट सत्तामा पुग्न लालायित पूर्व एमालेका केही नेतालगायतका पूर्व एमाले युवा नेताहरू निर्वाचित कार्यकारीको प्रस्तावबाट आकर्षित हुनसक्ने अनुमान प्रचण्डको छ । 

 

उता, राजनीतिको अनुभवी र महाचतूर खेलाडी प्रधानमन्त्री केपी ओलीले प्रचण्डको प्रस्तावको गुदी कुराको भेउ पाइसकेको स्रोतको दाबी छ । अशान्त र चञ्चल स्वभावका प्रचण्डलाई प्रयोग गरेर देशी–विदेशी शक्तिकेन्द्रले नेपालमा अस्थिरताको नयाँ खेल खेलेर समृद्धि र विकासको सरकारी एजेण्डालाई बेवारिसे बनाउन खोजेको विश्लेषण बालुवाटारले गरेको बुझिएको छ । 

 

जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति हैन प्रधानमन्त्री हुनुपर्ने पूर्व एमाले पंक्तिको दृढ विश्वास रहेको बुझिन्छ । एजेण्डा ठीकै भएपनि अहिले तत्कालका लागि यो ‘बेमौसमी राग’ हुने ठहर ओलीले गरेका छन् ।

 

औद्योगिकीकरण, समृद्धि र विकासको ‘बोल्ड’ कदम चालेपछि आवश्यकताको आधारमा समयक्रममा संविधान संशोधनमार्फत् जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रावधान राख्नुपर्ने पक्षमा ओली, माधव नेपाललगायतका नेकपाका प्रभावशाली शीर्ष नेताहरू उभिएको स्रोतको दाबी छ ।

 

यसपटक यो मुद्दामा वामदेव गौतम भने चुपचाप देखिन्छन् । नारायणकाजी–जनार्दन शर्मालगायतका नेताहरूले ओली–नेपाल पक्षलाई साथ दिने बुझिएको छ । झलनाथ खनाल भने आफ्नो हित जता साँध्न सकिन्छ, त्यतै ढल्किने पक्षमा देखिन्छन् । साँघु साप्ताहिकबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 3 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 7 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 8 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”