ओलीको आक्रोशः गठबन्धन हुडारहरुको जथ्था हो, यसले ज्यूँदै टोक्न खोज्छ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुडारको जथ्थाको संज्ञा दिएका छन्। स्वतन्त्र मजदूर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले सत्ता गठबन्धनलाई हुडारको जत्थाको संज्ञा दिएका हुन्।

 

ओलीले एमालेसँग एक्लै लड्न नसक्ने निष्कर्षसाथ अहिलेको गठबन्धन बनेको बताए। पार्टी फुटाएर र अनेक प्रपञ्च रचेर पनि एमालेको सरकार ढाल्न नसकेपछि परमादेशमार्फत एमालेको सरकार ढाल्ने काम भएको उनको आरोप छ। अहिलेको गठबन्धन समूहभित्र खेलेर मौका पर्दा जहाँ जतिबेला पनि आक्रमण गर्ने हुडार जनावर जस्तो भएको अध्यक्ष ओलीले बताए।

 

‘एउटा हुडार भन्ने हुन्छ अत्यन्त निरशंस जनावर,जो हुलमा हिँड्छ,जसमाथि पनि आक्रमण गर्छ, अत्यन्त निर्मम नमारीकन ज्यूँदैमा चपाउने,हुडार यस्तो हुन्छ जसले जहाँनिर भेटायो त्यहीँबाट चोक्टा लुछेर खान सुरु गर्छ,अहिलेको गठबन्धन भनेको हुडारहरुको जथ्था हो,यसले ज्यूँदै टोक्न खोज्छ, अहिले एमालेका विरुद्ध यो जथ्थाले जहाँसुकैबाट खान खोजेको छ।’

 

अहिलेको हुडार जस्तो जथ्थालाई एमालेले ठेगान लगाउने ओलीको चेतावनी छ। उनले भने, ‘अहिले एमालेका विरुद्ध यो जथ्थाले जहाँसुकैबाट जहाँ पायो त्यहीँ टोकेर खान खोजेको छ, तर यस्ता हुडारको जथ्थाहरुलाई हच्काएर थर्काएर,हप्काएरै एमालेले परपर भगाउँछ र एमालेले जित्छ।’

 

ओलीले सबैखाले गठबन्धनविरुद्ध एक्लै लड्न एमाले तयार रहेको भन्दै चुनावमा जनताले नेताको गठबन्धनलाई ठेगान लगाउने दाबी गरेका छन्। ओलीले भने, ‘गठबन्धन जो सुकैले गरुन्,एमालेको सरकार बन्छ । किनभने गठबन्धनमा जनता छैनन्, नेतामात्र सामेल छन्। भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन्।’


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 3 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 7 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 8 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”