जी न्यूजसँग ओलीले दिएको इन्टरभ्यू नाटक होः प्रचण्ड

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल खेमाका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्यूजसँग दिएको अन्तवार्ता नाटक भएको बताएका छन् । बुधबार प्रचण्ड–नेपाल नेतृत्वको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्ड ओली नाटक गर्न खप्पिस भएकोले जी न्यूजलाई बोलाएको आरोप लगाएका हुन् । 

 

‘तपाईहरुले हेर्नुभयोहोला नि जी न्यूजसँगको इन्टरभ्यू ? त्यो नाटक नै हो । त्यो नाटक हो भन्ने कुराको कटाक्षा आज भइसक्यो ।’ ओलीलाई नराम्रो काम गर्न लाज लाग्नुपर्ने, गम्भीर हुनुपर्ने भए पनि उल्टै कुराहरुलाई हो कि के हो भन्ने बनाउँदै भ्रम छर्ने काममा लागेको प्रचण्डको आरोप छ । 

 

ओलीको अभिव्यक्ति शैलीको व्यंग्य गर्दै प्रचण्डले ‘जोकर’को संज्ञा दिएका छन् । ओलीले उपस्थितलाई प्रहसन, उखानटुक्का प्रयोग गरेर कार्यकर्तालाई उत्तेजित बनाउने प्रयास गरिरहेको पनि आरोप लगाएका छन् ।

 

ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले भ्यागुताले भुँडी फुलाउने उदाहरण दिँदै भुँडी नफुटेसम्म ओली यसरी नै अगाडि बढ्न लागेको देखिएको बताए ।

 

त्यसैगरी प्रचण्डले झण्डै ७२ प्रतिशत केन्द्रीय सदस्य भएको नेकपा आफूहरु भएको भन्दै निर्वाचन आयोगले पनि सोही अनुसार आफूहरुलाई आधिकारिकता दिने बताए । यदी त्यसो नगरेको खण्डमा आँधीहुरी आउने चेतावनी समे प्रचण्डले दिएका छन् । ३० प्रतिशत पनि केन्द्रीय समिति सदस्य नभएकोले रैथाने भएको भन्नु हास्यास्पद कुरा भएको प्रचण्डको आरोप छ ।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

  • 1 hour ago
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच

'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

  • 2 hours ago
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।