एमाले बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवास पुगे

Norvic Hospital

काठमाडौँ । बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिपति भवन शीतल निवासतर्फ लागेका छन् । 

 

प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम तथा आफ्नो कदमको बारेमा छलफल गर्नको लागि शीतल निवास पुगेको स्रोतको भनाई छ । सर्वोच्चले शेरबहादुर देउवालाई मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेकोले पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको हो ।

 

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुर्नस्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । साथै साताभित्र प्रतिनिधिसभाको बैठक डाक्न समेत भनेको छ । पछिल्लो राजनीतिक अवस्थाको बारेमा पार्टीको स्थायी कमिटीमा छलफल गरेर प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

 

उता राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिसकेकी छिन् । मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।  

 

संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो । 

 

राष्ट्रियसभाको अधिवेशन असार १७ गते सुरु भएको थियो । राष्ट्रियसभाले मंगलबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेको थियो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पशुपति धर्मशालाः बताससँगको सम्झौता खारेज गर्न सुझाव

  • 3 minutes ago
पशुपति धर्मशालाः बताससँगको सम्झौता खारेज गर्न सुझाव

सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्

उदयपुरमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

  • 25 minutes ago
उदयपुरमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

उदयपुर । जिल्लाको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

  • 1 hour ago
काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ भने यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ ।



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।