आफ्नै कारण नराम्ररी पछारिएका ओली

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै अन्ततः केपी शर्मा ओली सत्ताच्युत हुने भएका छन् । २०७४ साल फागुन ३ गते झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली दयनिय अवस्थामा २०७८ असार २९ गते बालुवाटार छोड्न बाध्य हुने भएका हुन् ।

 

जनताले रुचाएको वाम गठबन्धनको नेतृत्व ओलीले गर्दा नागरिकले मुलुकमा शान्ति र समृद्धि आउने विश्वास गरेका थिए । तर, त्यसविपरित ओलीले जनताको आशा भरोसालाई तोडिदिए । नत उनले सही निर्णय गर्न सकेन न त आफ्नै पार्टीका नेताहरुको कुरा सुने बरु ओली उदण्डरुपमा प्रस्तुत भइरहे । उनकै कारण आफ्नै पार्टीभित्रका नेता तथा सांसदहरु विपक्षी भएर प्रस्तुत हुन बाध्य भए । तै पनि उनले तिखो र छुद्र बोलीलाई जारी राख्दै आफै ठिक भन्दै अघि बढिरहे । यतिको लामो कार्यकालमा मुलुक न त समृद्धिको दिशामा अघि बढ्यो न त राजनीतिक स्थिरता नै कायम भयो ।

 

ओली सत्तामा पुगेलगत्तै उनीविरुद्ध कोही पनि खनिएका थिएनन् । शुरुका साढे २ वर्षसम्म ओलीले कुनै बाधा अवरोधबिना एकछत्र शासन चलाइरहे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उनलाई साथ दिएकै हो । तर, पार्टी एकीकरण भएर नेकपा बनिसकेपछि पनि ओलीले कसैलाई टेरेनन् । देश विकासको गतिमा अघि बढ्नुको साटो अरुको सत्तोसराप गर्ने र आफू निकटकाहरुलाई काखी च्याप्दै जाँदा उनीमाथि आलोचना शुरु भएको थियो । न उनले पार्टीको बैठक राखे न त आफैले राखेका बैठकमा नै उपस्थित भएका थिए । प्रधानमन्त्रीको सरकारी निवासमा तत्कालिन नेकपाको बैठक बस्दा ओली अन्यत्र कोठामा गएर पनि बसे । पार्टीभित्रबाट नै आएको तीव्र दवावलाई उनले वास्ता गरेनन् । नत त्यसबाट उनले पाठ नै सिके ।

 

बरु ओलीले आफुलाई काम गर्न नदिइएको भनेर ‘प्रचारवाजी’ गर्न थाले । एकलौटी निर्णय गर्दै पटक–पटक विवादमा पर्दै गए । पार्टीभित्र कुनै पनि निर्णय गर्नुअघि सल्लाह नै गरेनन्, नियुक्ती गर्दा आफ्नै गुटकाहरुलाई मात्रै समेटे । त्यसपछि नेकपाको बहुमत सांसद तथा नेताहरु ओलीविरुद्ध सार्वजनिक रुपमा नै खनिन थाले ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पदबाट हट्नुपर्नेसम्मको माग उठ्न थालेपछि बरु ओलीले ‘आफूलाई हटाउने हो भने बस्ने कुर्सी नै भाँचिदिने’ सम्मको धम्की आफूविरुद्ध खनिएका नेताहरुलाई दिए ।

 

ओलीले पार्टी विभाजनको अध्यादेश ल्याए, संवैधानिक परिषदको बैठक आफू अनूकूल चलाए, आफू निकटकालाई नियुक्ती दिए, संसद बैठक समयमा डाकेनन्, त्यसपछि २०७७ पुस ५ गते पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए । त्यसपछि ओलीले पार्टीभित्र तथा बाहिरबाट ठूलो विरोधको सामना गर्नुपर्यो । तै पनि उनी आफ्नो बाटोमा हिँडिरहे ।

 

 

पहिलो पटक निर्वाचित प्रतिनिधिसभा विघटन गरेपछि ओलीको ओरालो यात्रा सुरु भएको थियो । तर, उनले आफूले लोकप्रिय काम गरेको भन्दै आफैले घोषणा गरेको निर्वाचनमा दुई तिहाइ मत ल्याउने दावी जारी राखे । आफूले जे गरेपनि सही, अरुले सही प्रश्न उठाए पनि गलत भन्ने तरिकाले अघि बढिरहँदा उनमा निरंकुश चरित्र देखिन थालेको थियो । किनकी उनले आफूविरुद्ध आउने जायज आलोचनालाई पनि सुन्नै छाडे ।

 

तर, सर्वोच्च अदालतले २०७८ फागुन ११ गते ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्टाइदिएको थियो । त्यसपछि ओली सच्चिने धेरैको अनुमान थियो । तै पनि उनको स्वेच्छाचारितामा लगाम लागेन । त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिइरहिन् । सत्ताका लागि प्रधानमन्त्री ओलीले तत्कालीन नेकपालाई क्षतविक्षत बनाए । विपक्षी दललाई पनि सरकार बनाउन दिएनन् । अर्कै पार्टीका सांसदहरुलाई भक्तपुरमा लगेर पनि राख्ने काम भयो । संवैधानिक अंग र राजनीतिक निकायलाई नियन्त्रणमा राख्ने प्रयास समेत गरे । अख्तियारदेखि निर्वाचन आयोगसम्मका निकायलाई आफू अनुकुल चलाए ।

 

सरकारका हरेक निर्णय सर्वोच्चले उल्टाउँदा पनि प्रधानमन्त्रीको स्वेच्छाचारिता रोकिएन । कामचलाउ भएपछि पनि बारम्बार मन्त्रिपरिषद विस्तार गरे, पार्टी नेताहरुलाई कारबाही गरे, विभिन्न विवादास्पद निर्णयहरु गरे, अध्यादेश जारी गरे, तर, ति सबै निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ । 

 

ओलीले झण्डै दुई तिहाई मत पाएका ओलीले संसदमा आफ्नो पक्षमा ९३ मतमात्रै जुटाए । तै पनि उनले आफ्नो दंभलाई जारी राखे । उनले आफू ओरालो लागेको त्यो बेला पनि थाहा पाएनन् । संसदमा विश्वासको मत समेत नलिइ अर्को सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गरे । आफूसँग बहुमत नरहेको भनेर सार्वजनिक रुपमा स्वीकार गरेपछि पनि उनले छलछाम गरेर पुनः प्रधानमन्त्रीमा दाबी पेश गरे । विपक्षी दलले बहुमत पुर्‍याउने देखिएपछि उनले पुनः अर्को प्रपञ्च रचे । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेकै सांसदको हस्ताक्षर लिएर राष्ट्रपति समक्ष संविधानको धार ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न लागेका थाहा पाएपछि ओलीले त्यसभन्दा अघि नै प्रधानमन्त्रीमा दावी गरे । त्यसमा ओली कमजोर देखिएका थिए ।

 

सत्तामा रहिरहनको लागि ओलीले जेठ ७ गते शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठक डाकेर कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोक्दै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको थियो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५०) अनुसार सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको थियो । 

 

प्रतिनिधिसभा विघटन भएपछि सो विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतमा जेठ १० गते रिट परेको थियो । रिटमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले हस्ताक्षर गरेका थिए । रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर रहेको थियो ।

 

रिटमा संवैधानिक इजलासमार्फत निर्वाचनको घोषणा बदर गर्न अन्तरिम आदेश मागिएको थियो । त्यस्तै, ने देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको थियो । रिटको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो । जबरासँगै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईले रिटमाथिको सुनुवाई गरेको थियो । सर्वोच्चले प्रतिनिधिसभा पुर्नस्थापना गर्दै मंगलबार साँझ ५ बजेभित्र देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि भने ओली नराम्ररी पछारिएका छन् ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 3 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 3 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 3 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।