एमाले कुनै गुण्डा दल होइन, परिपक्व राजनीतिक पार्टी होः केपी ओली

Norvic Hospital
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेकपा एमाले गुण्डा दल नभई परिपक्व राजनीतिक पार्टी भएको बताएका छन् । अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले कुनै गुण्डा दल होइन । परिपक्व राजनीतिक पार्टी हो । यसलाई देशको मुहार फेर्ने अभिभारा छ।’

 

त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका ओलीले भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ’, उनले भने, ‘पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।’

 

अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम  गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।’

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

  • 2 minutes ago
मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 15 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 16 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।