सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको होः केपी ओली

Norvic Hospital

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।

 

माधवकुमार नेपाल समूहले बुधबार छुट्टै पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि उनले पार्टी विभाजन सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको बताएका हुन् । पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रुख हुँदैन । हामीमा त्यस्तै भयो ।’

 

त्यस्तै, ओलीले आफू सबैभन्दा जिम्मेवार पार्टी अध्यक्षको हैसियतले कसैलाई उचाल्ने पछार्ने भन्दा पनि राष्ट्र निर्माण र समृद्धिको बाटोमा लागेको ओलीले बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

  • 44 seconds ago
मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 14 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 14 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।