आफू नेतृत्वको लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयोः केपी ओली

Norvic Hospital

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइएको आरोप लगाएका छन्। आइतबार च्यासलमा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

 

आफू नेतृत्वको सरकारको विरोध गर्ने, मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै ओलीले आक्रोश पोखेका छन्। ‘अघिल्लो सरकार, जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो। सुशासनका लागि लड्थ्यो। त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभुषित भए’, उनले भने। 

 

पूर्व प्रधानमन्त्री ओलीले कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा र पत्रकारिकताको पक्षमा पत्रकारिताको धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मान गर्नुपर्ने बताए। उनले जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्ने, झगडीयाहरू सम्मानित भएको भन्दै दुई चार जना छुटेको जस्तो लागेको समेत बताए।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

  • 14 minutes ago
वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

  • 15 minutes ago
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ

काठमाडौँको शंखरापुरमा एक दम्पती मृत भेटिए

  • 17 minutes ago
काठमाडौँको शंखरापुरमा एक दम्पती मृत भेटिए

काठमाडौँ। ५२ वर्षीय पदमबहादुर थिङ र उनकी ४५ वर्षीकी पत्नी फूलकुमारी मृत अवस्थामा भेटिएका हुन्। बुधबार साँझ खाना खाइ सुतेका उनीहरू आज बिहान ७ बजेसम्म नउठेपछि २६ वर्षीय छोरा सूर्यबहादुरले ढोका फुटाए



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।