ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

Norvic Hospital

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पुगेको बताएका छन्।

 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै गैरेले माओवादीको संघर्षपुर्ण बलिदानले गर्दा नै देशमा गणतन्त्र, संघियता लागु भएको उल्लेख गरे। देशलाई निरङकुश तर्फ लैजाने ओलीको दुश्प्रयास, संविधानको चिरहरण र संसद बिघटनको कारण पार्टी एकतामा बिचलन आएको उनको भनाई छ।

 

अहिले जनतामा एक खालको उत्साह पैदा भएको र माओवादी प्रति दिनहुँ जनलहर बढनुले माओवादी केन्द्र आगामी निर्वाचनमा भारी मतका साथ विजयी हाँसिल गर्ने उदघोष गरे उनले गलकोट नगरको विकास समृद्वि र सम्भावनाको निम्ती सबै एकजुट हुनुपर्ने बताए।

 

मध्यपहाडी लोकमार्गको परिकल्पना नेकपा माओवादी केन्द्रले सरकारमा रहँदा गरेको थियो आज जिल्लाका दुर्गम भुभाग समेत अहिले यहि कारण सुगम भएका छन अब बागलुङ देखि घोडाबाँधे सम्मको सडक खण्ड लामो समय देखि कालोपत्रे नहुँदा समस्या भएको र यथाशिघ्र सडक स्तरोन्नती र कालोपत्रेको लागि पहल गरिने उनको भनाई छ।

 

गलकोट नगर वामपन्थी शक्तिको केन्द्र रहँदा रहँदै पनि कम्युनिष्ट घटकहरु एक हुन नसक्दा थोरै जनमत भएको काँग्रेसको हातमा सत्ता पुगेको भन्दै आगामी निर्वाचनमा वाम शक्ति एक भएर अगाडी बढनुको विकल्प नभएको उल्लेख गरे।

 

सम्मेलनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर इन्चार्ज फमलाल निउरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा तत्कालिन संविधान सभा सदस्य पुर्ण बहादुर राना, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार याम बहादुर श्रीस, शेरबहादुर खड्का, नेकपा एमाले गलकोट नगर सचिव दान बहादुर श्रीस, नेपाली काँग्रेसका जिल्ला सदस्य झहर बहादुर खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नेत्र बुढाथोकी, शहिद परिवारकी छम कुमारी बस्नेत, एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर अध्यक्ष चुडामणी शर्माले शुभकामना मन्तव्य राखेका थिए।

 

पार्टीको नगर समितीमा नयाँ नेतृत्व चयन गर्न बन्द सत्र मंसिर १२ गते बिहान ११ बजे देखि गलकोट नगरपालिका वडा नं ६ को मजुवामा सञ्चालन गर्ने अध्यक्ष ललित श्रीसले जानकारी दिए। नगर सम्मेलन नेकपा माओवादी केन्द्र गलकोट नगर सचिवालय सदस्य कौशिला घर्तीको स्वागत र पार्टीका जिल्ला सदस्य खडक बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

 

सो अवसरमा पार्टीलार्ई महत्वपुर्ण भुमिका सहित योगदान गर्ने जेष्ठ नागरिक, सहिद परिवार, बेपत्ता, घाइते र केन्द्रिय सल्लाहकार लाई सम्मान गरिएको थियो। सम्मेलनमा बहुचर्चित लोकगायक विष्णु खत्रीले  जनवादी गीत मार्फत दर्शकलाई छमछमी नचाएका थिए भनें रक्तिम कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 1 second ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 47 seconds ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 13 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।