कोरोना माहामारीमा कृषि क्षेत्रको उत्पादन वृद्धि

Norvic Hospital

चीनको वुहान शहरबाट संक्रमण शुरु भएको कोरोना भाइरसले अहिले विश्वभरी माहामारीको रुप लिएको छ। कोरोना भाइरससँग आज विश्व समाज लडिरहेको छ। विश्व समाज लकडाउन भित्र रहेकोछ छ। उद्योग धन्दा, कलकारखाना ,होटेल ब्यवसाय,पर्यटन ब्यवसाय,लगायत उत्पादनका सबै ढोका बन्द जस्तै छन्। विश्वको अर्थतन्त्र धिमा धिमा गतिमा छ।अस्ट्रिया,साउथ कोरिया, भुटान लगायत केही सिमित मुलुक हरुमा लकडाउन खुलेको छ भने केहि देशहरुले खुकुलो बनाइसकेका छन्। इटलीले अर्थतन्त्रको भार थेग्न नसकेर बन्दाबन्दी धेरै खुकुलो बनाउनु पर्यो। करिब ६५ लाखको हाराहारीमा विश्वोको जनसंख्या कोरोनाले संक्रमित हुदाँ नेपालमा १९०० जना संक्रमित छन्।

 

अनुमान भन्दा थोरै भएतापनि सजक हुनु पर्नेछ। नेपालमा केही सिमित मात्रमा उद्योग ,कलकारखाना खुलेको अवस्था छ ,यसको अर्थ उत्पादन ज्यादै कम परिमाणमा भइरहेको छ। नेपाल एक कृषि प्रधान मुलुक हो ।

 

२०६८ सालको जनगणनाको तथ्यांक अनुसार जुन मुलुकका ७५५ जनता यस पेशामा आबद्ध छन्। कोरोना भाइरसको महामारीले वेदैशिक रोजगारीमा निकै कमि ल्याउने प्रष्ट संकेत गरेको छ । जसको अर्थ हो नेपालीहरुको आयमा पनि कमी ल्याउनेछ जसबाट उपभोगमा कमी ल्याउनेछ । रेमिट्यान्सले नेपालको भुक्तान सन्तुलनमा समेत असर गर्नेछ । यसलाई अवसरको रुपमा नेपालले सदुपयोग गर्नु पर्ने देखिन्छ । नेपाल आफ्नै जमिन हुनेको संख्या करिब ९० प्रतिशत भन्दा ज्यादा छ भने नेपालमा २६ लाख ४१ हजार हेक्टर खेतियोग्य जमिन छ । विप्रेषण आयबाट नेपालीहरुको आयमा पनि वृद्धि हुर्दै गएको छ । आय बढ्दै जाँदा उसको उपभोग पनि बढदै जान्छ यो अर्थशास्त्रको नियम पनि हो । 

 

 

नेपालमा यस्तै खालको परिपाटीको विकास हुँदै गयो । उपभोगमा आएको वृद्धिलाई पुरा गर्ने नेपाल भित्रका उत्पादने मात्र पुगेन र आयात बढ्दै जान थाल्यो । नेपाल राष्ट्र बैंक तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा बढेको आयातको हिस्सालाई प्रष्ट देखाउँछ । नेपालको कृषि खेती परम्परागत प्रणालीमा आधारित भएता पनि केही वर्ष यता आधुनिक कृषि प्रणालीलाई प्राथमिकतामा राखी खेती तथा उत्पादन गर्ने कार्यको सुरुवात भइसकेको छ। यधपी प्रयाप्त भने छैन। आधुनिक कृषि औजार र बीउ बिजनको हरेक नगर र गाउँ पालिकामा सरकारी तवरबाट व्यवस्थापन र सर्वसुलभ बनाइनु पर्दछ।

 

आधुनिक कृषि प्रणालीलाई सत प्रतिशत खेतीयोग्य जमिनलाई उत्पादन मा प्रयोग गर्न सकेमा अहिले भारतबाट आयात भएको व्यापार घाटा पुर्ती मात्र होइन निर्यात गरि नाफा गर्न सकिने कुरा निश्चित छ।

 

कृषि क्षेत्रलाइ प्रोत्साहन गर्न को लागि सरकारले बि स १९७८ मा काठमाडौ को चारखालमा कृषि अड्डा बाट सुरु गरेको थियो। वि. स. १९८२ मा सिंहदरबार परिसर भित्र कृषि प्रदर्शन फार्म खुल्यो।

 

वि स २००८ सालमा कृषि विभागको स्थापना गरि यसैको माताहतमा कृषि कार्यक्रमहरु संचालन हुन थाले र बिस्तारै कृषि क्षेत्रको बिकासले गति लिने अवस्था बन्दै गयो। सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गरि दिगो आर्थिक वृद्धि तथा बिकास हासिल गर्ने हेतुले कृषि सम्बन्धि आधुनिक कार्यक्रम ल्याएको छ।

 

उत्पादन का क्षेत्रमा अनुदान, कृषि औजार सामाग्री ,बीउ बिजन, मलखाद श्रोत साधन उपलब्ध गराउने काम गरेको छ। सरकारले उपलब्ध गराएक अनुदानलाई सहि प्रयोग गरेमा कृषि उत्पादन को दायरामा वृद्धि निश्चित छ। 

 

उत्पादित वस्तु तथा सेवाको उचित बजार ब्यबस्थापन गर्न सकेमा कोरोना माहामारी बाट भएको घाटालाई पुर्ती गर्न मद्धत मिल्नेछ। वर्षेनी नेपालबाट कृषि कच्चापदार्थ अरबौ रुपैयाँ को निर्यात हुनु देशको निम्ति दुर्भाग्य हो ।

 

निर्यात भन्दा आयात सामाग्री दोब्बर छ यसले बजेट घाटा हुने हुदाँ आन्तरिक उत्पादन,आन्तरिक कच्चा पदार्थ प्रसोधन,ठुला ठुला प्रसोधन केन्द्रको स्थापना गरी आन्तरिक उत्पादन बढाउन सके निर्यातमा वृद्धि हुन्छ र बजेट घाटा पुर्ती मात्र होइन ठूलो परिमाण मा नाफा आर्जन गर्ने निश्चित छ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५ ०७६ मा वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भएको छ। गन्तव्यको आधारमा गत आर्थिक वर्षमा भारत तर्फ ३४.३ प्रतिशत ,चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुक तर्फ ०.२ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७५ ०७६ मा कुल वस्तु

 

आयात १२.३ प्रतिशतले थप भइ १४ खर्व १८ अर्व ५४ करोड पुगेको देखिन्छ । अघिल्लो वर्ष आयात बढेर २५.८ प्रतिशत पुगेको थियो।आर्थिक वर्ष २०७६ ०७७ मा निर्यात केही प्रतिशतले बढेको भएतापनि कुल व्यापार घाटा भने बढेको देखिन्छ।

 

कोरोना को माहामरीले उत्पादन क्षेत्रमा भएको कमिका कारणले व्यापार घाटा बढ्ने निश्चितै छ। अब सरकारको ध्यान पुर्ण रुपले कृषि क्षेत्र मा जान जरुरी छ । कृषिको उत्पादनमा वृद्धि ल्याउनु आजको आवश्यकता पुस्टि भैसकेको छ।

 

कृषि क्षेत्रको उत्पादन साबिकको उत्पादनभन्दा दोब्बर बनार्इ आन्तरिक मागको पुर्ती गरि निर्यात गर्न सक्षम मुलुक बनाउन सकिन्छ । कृषि अर्थतन्त्र लाई आधुनिकीकरण, विविधीकरण, व्यावसायिकरण र यान्त्रिकरण गरि कृषि मा आधारित उद्द्योग विकास गर्दै कृषिलाई आत्मनिर्भर बनाउन कृषिसँग अन्तरसम्बन्धित क्षेत्रहरुको निम्ति पहिलाको जति २.२ प्रतिशतको बजेटले मात्र पुग्दैन त्यसलाई वृद्धि गरी कम्तिमा १० प्रतिशत विनियोजन गर्ने आवश्यकता देखिन्छ ।

 

कृषि पेशा आवद्धको संख्या यस माहामारी पक्कै पनि बढाउनेछ । वैदैशिक रोजगारीबाट फर्कनेहरु, शहरी मजदुरहरु तथा पर्यटन क्षेत्रमा संलग्न रहेका श्रमिकहरुले नयाँ रोजगारीको क्षेत्र तत्काल पाउने सम्भावना कम छ ।  

 

यस्तो अवस्थामा ति श्रमशक्ति कुनै न कुनै हिसावले कृषि पेशामा लाग्ने आवस्था आउन सक्छ । सरकारले यसलाई अवसरको रुपमा लिदै बजेटमा उल्लेख भएका कुराहरु कार्यान्वयनको तहमा लैजानुपर्ने देखिन्छ । 

 

रसायनिक मलमा दिएको ११ अर्बको अनुदानले किसानलाई सहज हुने तथा मलको अभाव नहुने देखिन्छ । राज्यले दिइने यस्ता अनुदानले कृषि उपादकत्वमा समेत वृद्धि ल्याउन सक्छ । भुमि वैकको स्थापनाले जमिनको अभाव भएका तर कृषि पेशा गर्न चाहनेहरुलाई सजिलो बनाउसक्छ र जमिन बाँझो बस्ने सम्भावना कम रहन्छ । 

 

जमिनलाई चक्लाबन्दी गरेर कृषि प्रणालीलाई व्यवस्थित गरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ । कृषि उत्पादनलाई बजारीकरण गरी  नाफाको सुनिश्चितता गर्ने प्रक्रिया सरकारले बढाउनु पर्ने देखिन्छ  । प्रविधिको उच्चतम प्रयोग गरी लागत घटाउने दिशा तर्फ पनि अग्रसर हुनु पर्ने देखिन्छ ।

 

(झापिन्द्र कुमार खत्री, अनेरास्ववियू केन्द्रीय कमिटी) 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 5 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 5 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 6 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।