वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन
- बिहीबार, ७ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

नयाँदिल्ली । वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ ।
सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गर्नुभएका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनित भएका थिए ।
नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान बौद्धिक व्यक्तित्व रहेको बताए । “कुलदीप नायर हाम्रो समकालीन पुस्ताका भिमकाय बौद्धिक व्यक्तित्व हो । आफ्ना विचारमा स्पष्ट र निडर श्री नायरको कृतित्व दशकौंसम्म सम्झना भइरहनेछ । श्री नायरले आपतकालका विरुद्ध तथा राम्रो भारतका लागि व्यक्त गरेका प्रतिबद्धता अनन्तकालसम्म स्मरणीय रहनेछ ।”
सन् २०१५ मा नायरलाई पत्रकारिताका क्षेत्रमा गरेको योगदानको स्मरणमा रामनाथ गोयन्का एक्सिलेन्स अवार्डको अठारौं संस्करणका अवसरमा “लाइफटाइम एचिभमेन्ट अवार्ड” प्रदान गरिएको थियो । उनका समसामयिक राजनीतिक तथा पत्रकारिता विषयमा १५ वटा पुस्तक प्रकाशित छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'मन्त्री बन्न लागेको कुरा हल्ला मात्र हाे'
- 9 minutes ago

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् ।
दुई सय वर्ष पुरानो घर संरक्षण गरिँदै
- 29 minutes ago

गलेश्वर । झपक्कै फुलेका आँपका रुख । विभिन्न प्रजातिका फूल र हरियालीले छपक्कै सुन्दर बगैँचा । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका चिटिक्कका ढुङ्गेघर । आँखीझ्याल, फला
दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु
- 29 minutes ago

धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।