ला लिगा– बेटिसविरुद्ध बार्सिलोनाको शानदार जित, मेस्सीले गरे ह्याट्रिक

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनाले बेटिसमाथि शानदार जित निकालेको छ । बेटिसको घरूलु मैदान अवे मैदानमा भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४–१ गो अन्तरले पराजित गरेको हो ।

 

बर्सिलोनालाई शानदार जित दिलाउनका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने स्वारेजले १ गोल र एक असिस्ट गरे । पराजित बेटिसका लागि लोरेन मोरनोले १ गोल गरे । खेल सुरु भएको १८ औँ मिनेटमा कप्तान मेस्सीले फ्रि किकमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले  झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गरे।

 

पहिलो हाफको इन्जुरी समयमा मेस्सीले अर्को गोल थपे । स्वारेजले बक्सभित्रबाट दिएको पासमा मेस्सीले सहजै गोल गरे । पहिलो हाफमा एक मिनेट थपिएको थियो । पहिलो हाफमा २–० गोलले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो भने बेटिसले एक गोल गर्‍यो । खेलको ६३औं मिनेटमा स्वारेजले गोल गर्दै अग्रता ३–० को बनाए ।

 

त्यसपछि खेलको ८२औं मिनेटमा घरेलु टोली बेटिसका लागि मोरनोले गोल गर्दै खेल १–३ बनाए । तर मेसीले त्यसको तीन मिनेटमा नै गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले १–४ ले जित्यो । उनको यो ह्याट्रिकसँगै ला लिगामा ३३ औं ह्याट्रिक हो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 3 minutes ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

  • 9 minutes ago
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

इजरायलको रोजगारी पुन: खुल्यो

  • 35 minutes ago
इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।