जेलबाट अस्पताल पुगेका लालु यादव अस्पतालबाट घर फिर्ता
- रासस
- आइतबार, १० भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

मुम्बई । राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादव मुम्बईस्थित एशियन हार्ट इन्स्टिच्युटबाट करिब पाँच दिन लामो उपचारपछि घर फिर्ता भएका छन् ।
छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइएपछि भर्ना गरी उपचार गरिएको थियो ।
सत्तरी बर्षीय यादवलाई तीन महिना यता दोस्रो पटक अस्पताल भर्ना गरिएको थियो । उनलाई पहिलोपटक गत जुन १९ गते छातीमा पीडा भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
उनी शनिबारै पटनाका विमानमार्फत् पटना जाने कार्यक्रम रहेको छ । बिहारमा सन् २००४ देखि २००९सम्म यादव नेतृत्वमा रहेको समयमा आफ्नो पक्षको एक नीजि होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा उनीविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो ।
उनले पदमा रहँदा पदीय दायित्व विरुद्ध हुनेगरी आर्थिक अपचलन गरेको अभियोगमा विगत केही समयदेखि जेल जीवन विताउँदै आएका थिए ।
उनलाई उपचारका लागि गत मे महिनामा ६ हप्ताका लागि जमानत दिइएको थियो । जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो ।
आरजेडी अध्यक्ष यादवविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको हो ।
यादव, उनकी पत्नी राब्री देवी तथा उहाँहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो ।
झारखण्ड उच्च अदालतले पूर्व रेलमन्त्री यादवद्वारा औषधी उपचार धरौटी जमानतका लागि गरेको निवेदनलाई अस्वीकार गरेको केही घण्टामा यो कदम आएको थियोे । उच्च अदालतले अगस्ट ३० सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ ।
लालुमाथि पशुलाई खुवाइने चारा प्रकरण (फडर–स्क्याम)मा करोडौँ रूपैँया अनियमितता गरेको लगायतका विभिन्न चार मुद्दामा दोषी ठहर गर्दै केही बर्षयता बन्दीका रूपमा राखिँदै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुनको मूल्य बढ्यो
- 6 minutes ago

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- 12 minutes ago

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 32 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।