पहिराेले घर पुरिदाँ एकै घरका ३ बालबालिकाकाे मृत्यु
- प्रेम राम्जा मगर
- सोमबार, १८ भदौ, २०७५
- 4 years ago
- नेपाल


दाङ । एक हप्ता अगाडि पहिरोमा परेर पाँच जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि पहिरोमा परेर एकै परिवारका तीन बालबालिकाको निधन भएको छ ।
सल्यानको बागचौर नगरपालिका–१२ बाफुखोलाका बालाराम डाँगीका दुई छोरी र एक छोराको पहिरोमा पुरिएर निधन भएको हो । मृत्यु हुनेहरुमा १० बर्षीया ललिता डाँगी, सात बर्षीय ललित डाँगी र चार बर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।
यसअघि पनि भदौ १२ गते राती सल्यानको बागचौर नगरपालिका—४ सेतीगुराँस भन्ने स्थानमा पहिरोले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको थियो ।
आइतबार साँझ करिब साढे पाँच बजेतिर पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिर मात्रै शव फेला पारिएको छ ।
बाबुआमा भैंसी दुहुन गएको र बालबालिका भान्साकोठामा बसिरहेको समयमा पहिरोले घरको भित्ता भत्किएपछि तीन बालबालिकालाई पुरेको थियो ।
घटनाको जानकारी पाएलगत्तै सिमखोली प्रहरी इकाइको टोली घटनास्थल पुगेको थियो । तर, रातभर पानी परेको र पहिरो पनि खस्न नरोकिएपछि सोमबार बिहान मात्र शब बाहिर निकाल्न सकिएको सल्यानका डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
बालबालिका पुरिएपछि बालाराम र उनकी श्रीमती बेहोस अवस्थामा छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, डिएसपी विरेन्द्रबहादुर शाही र नेपाली सेनाका गुल्मपति रामकृष्ण श्रेष्ठ अहिले घटनास्थलमा पुगेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 34 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 2 hours ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।