कुनै पनि देशको भाषा सिक्ने १० सहज उपाय

  • सोमबार, १७ जेष्ठ, २०७८
  • 3 months ago
  • बिचार

एकछिन कल्पना गर्नुहोस् त भाषा नभएको भए आफना भावना र विचार कसरी व्यक्त गथ्र्यौ ? एकआपसमा कसरी प्रतिक्रिया जनाउथ्यौँ ? भाषाले हामीलाई सजिलोसँग प्रतिक्रिया जनाउन, विचार व्यक्त गर्न र भावना पोख्न सहज बनाउँछ । वाक्य र शब्द बनाएर प्रतिक्रिया जनाउने मानिसको यो सिर्जनशिल कला साँच्चिकै सुन्दर छ । 

 

तर, सुन्दरतासँगै भाषिक विविधताले यसलाई केही चुनौतीपूर्ण बनाएको छ । विश्वमा ७ हजार बढी भाषा बोलिन्छ । सामाजिक परिवेश, भुगोल, सांस्कृतिक विविधताले विभिन्न स्थानमा आफनै भाषा छन् । तपाईँ हाम्रो भाषा नेपाली, मैथिलि, गुरुङ वा अन्य कुनै जातिय वा भुगोल अनुसार फरक छ । हामी जून वातावरणमा हुर्केका छौं हामीलाई जून भाषा सिकाइन्छ त्यसैमा दक्ष हुन्छौं । त्यसैले पनि भाषासम्बन्धी ज्ञानले कसैको बौद्धिकता मापन गर्न मिल्दैन । तर, अहिलेको परिवेशमा भाषाको ज्ञान हाम्रै लागि महत्वपूर्ण भएको छ । आजको आवश्यकता बनेको विभिन्न भाषाको ज्ञान, स्वयंकोलागि फाइदा पनि हो । 

 

अक्सर हामी आजभोली काम, पढाइ, घुमफिर आदिको सिलसिलामा विभिन्न देश गइरहेको हुन्छौं । पढाई र रोजगारीका लागि विदेश जानेको संख्या बढ्दो छ । जसका लागि उक्त देशको भाषा जान्न अनिवार्य वा आवश्यक छ । जसकारणपनि आजभोलि हरेक ठाउँमा भाषा सिकाउने कक्षा सञ्चालन भइरहेका हुन्छन् । इन्सिच्युटहरुले पनि विभिन्न देशको भाषा पढाउने गर्छन् । 

कुनै देशमा रोजगार वा शिक्षाको लागि जानु अगवै भाषा पढेर जाने नियम छ । विदेश भ्रमणका लागि जानुअगाडि कतिले त्यहाँको भुगोल, वातावरण र भाषाबारे अध्यान गर्नुहुन्छ । कसैलाई भाषाका बारे सिक्ने चाहना हुनसक्छ । तर याद गर्नुहोस् हामीलाई आफनो पहिलो भाषा बोल्न र सिक्न जति सहज हुन्छ त्यति दोस्रो भाषा सिक्दा हुँदैन । फेरि यो होइन कि भाषा सिक्न अप्ठ्यारो छ । भाषा सिक्ने र जान्ने इच्छा भए तपाईँले घरमै पनि पढ्न सक्नुहुन्छ । त्यसको लागि सामाजिक सञ्जालमा आवश्यक केही साम्रागी भेट्न सकिन्छ । यदि तपाईँ कुनै इन्सिच्युटबाट भाषा सिक्ने तयारी गर्दै हुनुहुन्छ भने राम्रो इन्सिच्युट र प्रशिक्षक  रोज्नुहोला । आफूले सिकेको भाषा बोलेर अभ्यास गर्नुहोस् । युट्युबमा उपलब्ध आवश्यक साम्रागी हेनुुहोस् । भाषाको एप प्रयोग पनि प्रयोग गर्नसक्नुहुन्छ । तर सबै भाषाको लागि एप उपलब्ध नहुनसक्छ ।  

 

घरमा वा ईन्सिच्यूटमा भाषा सिक्दा तपाईँले तल उल्लेख गरेका कुरालाई ध्यान दिए सहज ढंगमा सिक्न सकिन्छ ।

 

१. भाषा सिक्दा आत्मविश्वास बढाएर सिक्नु जरुरी छ । सिक्दै गर्दा गल्ती भइहाल्छ कि जस्ता डरलाई आफनो मनबाट हटाउनु होस् । मिल्छ भाषाको कक्षामा साथीहरुसँग आफूले सिक्दै गरेको भाषामा बोल्ने कोसिस गरौँ । यसले तपाईँको बोल्ने अभ्यास बढाउँछ ।

 

२. भाषा सिक्नु अगाडि आफनो सिकाइअवधिको लक्ष्य राख्नुहोस् । यति अवधिमा यी कुरा सिक्न सक्छु भनी लक्ष्यअनुसार अभ्यास गरे छिटो सिक्न सकिन्छ । 

 

३. भाषाको कक्षामा नियमित रुपमा उपस्थिीत हुनु होस् । कक्षामा पढेका कुरा घरमा पुनः पढ्ने गरेमा यसले तपाईँको भाषा सिकाइमा क्रमश सुधार हुँदै जानेछ । 

 

४. कक्षामा साथी र शिक्षकहरुसँग सकेसम्म धेरै अन्तरक्रिया गरे यसले तपाईँको अभ्याससँगै कमजोरीमा सुधार ल्याउन मद्दत पुर्याउँछ । 

 

५. कक्षामा सिकेको शब्द बिस्तारै प्रयोग गर्ने अभ्यास गर्नुपर्छ । कक्षामा मात्र नभई बाहिर पनि अभ्यास गर्न सके यसले सिकाइमा छिटो प्रतिफल दिनसक्छ । 

 

६. भाषा सिक्दै गरेको सुरुआती समयमा छोटा वाक्य प्रयोग गरेर बोल्नु होला । पहिल्यै लामा वाक्य प्रयोग गरेर बोल्दा अलमलिने डर हुनसक्छ ।

 

७. शब्दको अर्थबाट विस्तारै सिक्दै गए याद गर्न सहज हुन्छ । सिकाईको क्रममा नयाँ शब्द आए नोट गर्नु नछुटाउनुहोला  । 

 

८. भाषा सिक्दा कहिले अर्थ घोकेरमात्र पोख्त भइन्छ नसोच्नुहोला ।  

 

९. कक्षामा हुने भाषा परीक्षामा सहभागी भए यसले गल्ती सच्याउन सहयोग गर्छ । बेला—बेलामा सेल्फ टेष्ट लिन सक्नुहुन्छ । 

 

१०. आफूले सिक्दै गरेको भाषामा बनेका फिल्महरु हेर्ने र गीत सुनेपनि सिकाईको क्रममा राम्रो हुन्छ । 

 

यदि तपाई बेलायतमा हुनुहुन्छ र आफ्नो बचत को केहि हिस्सा नेपाल मा रहनु भएका आफ्ना परिवार तथा आफन्तजन लाई पठाउन चाहनु हुन्छ भने बेलायत को रेमिट्यान्स अपरेटर मनिटु बाट स्थानान्तरण गर्न सक्नु हुने छ जसको लागि गुगल प्ले स्टोर अथवा एप स्टोर मा गई मनिटु एप्स डाउनलोड गर्नुहोस ।  त्यस्तै मनिटु को वेबसाइट www.moneyto.co.uk/nepal गई वेब ब्राउजर को माध्यम बाट पनि पठाउन सक्नु हुनेछ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 3 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 3 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 3 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।