व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई
- शनिबार, २३ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

सोफिया । चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताएका छन् ।
अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी यस्तो चेतावनी दिएका हुन् ।
“व्यापार युद्धले कुनै पक्षलाई पनि फाइदा हुदैन, बरु यसले स्वतन्त्र व्यापारलाई असर गर्छ, बहुआयामिक प्रभाव पार्छ,” उनले भने ।
सोफियामा भएको १६ युरोपेली संघ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरु (बाल्कन) को शिखर सम्मेलनमा उहाँले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गरे ।
“यदि कुनै देशले सीमा शुल्क बृद्धि गर्न चाहन्छ भने त्यसलाई चीनले त्यही तरिकाले प्रतिक्रिया जनाउने छ,” उनले भने ।
अमेरिका र चीनले जस्तालाई त्यस्तै भने झै एक अर्काको आयातमा सीमा शुल्क बृद्धि गरेका छन् । यसलाई विश्वमै अहिले सम्मकै सवै भन्दा ठुलो व्यापारिक युद्धका रुपमा लिइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।