विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत शर्मा पक्राउ

काठमाडौँ । प्रतिलिपि अधिकारको हनन गरेको आरोपमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छिन् । चर्चित गायक प्रमोद खरेलले विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए । सोही उजुरीको आरोपमा शर्मा पक्राउ परेकी हुन् ।

 

गत मंगलबार गायक प्रमोद खरेलले विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उलंघन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । पक्राउ पुर्जी जारी भएपछि कार्यकारी अधिकृत लीना शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कम्पनीमा पति सुवास रेग्मी पनि संग्लग्न रहेका छन् ।

 

यसअघि गायक खरेललाई गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मीलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा निवेदन दिएका थिए । गालीगलौज र मानमर्दनविरुद्ध कानुनी प्रक्रियाद्वारा आवश्यक कारबाही गरिदिन अनुरोध गर्दै प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराईलगायतले निवेदन दिएका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

  • 2 seconds ago
ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

  • 2 minutes ago
‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा यो शब्द

निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

  • 16 minutes ago
निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको दाबी गरेका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगल



पर्यटन

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।