आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण

  • बिहीबार, १८ आषाढ, २०७७
  • 3 months ago
  • नेपाल

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । 

 

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो । समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतको उपस्थितिमा बुधबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उत्तरगङ्गा नमुना र शिवालय माविको क्वारेन्टिन स्थलमा ती उपकरण वितरण गरिएको थियो । यस्तै तमानखोलाको जनजागृति, निसीखोलाको प्रभा, ज्ञानेन्द्र, बडिगाडको त्रिभुवन, भानु र खारमाविमा सञ्चालित क्वारेन्टिन स्थलमा पनि उपकरण वितरण गरिएको थियो ।

 

हातले नछोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उपकरणले कोरोना भाइरसलगायत अन्य किटाणुबाटसमेत जोगाउने उनले बताए । खुट्टाले चलाएर हात धुन मिल्ने उक्त उपकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ ।

 

धारो हातले खोल्ने, बन्द गर्ने गर्दा कोरोना भाइरस सर्न सक्ने हुँदा खुट्टाले चलाउन मिल्ने प्रविधि विकास गरिएको हो । उक्त प्रविधियुक्त धारोमा खुट्टाले थिचेपछि पानी र साबुन खस्छ । हातले कतै नछोइकल मिचिमिचि हात धुन सकिन्छ ।

 

कोरोना रोकथाम र नियन्त्रणमा यसले सघाउने विश्वास गरिन्छ । सोही उद्देश्यका लागि स्थानीय तहमा रहेका आइसोलेसन र क्वारेन्टिनमामा उपकरण सहयोग गरिएको सो सस्था ले जनाएको छ । उक्त संस्था खानेपानी र सरसफाइका क्षेत्रमा क्रियाशील छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटियो

  • 3 minutes ago
गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटियो

धनगढी । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । केही दिन अगाडि उनी र असई गोविन्द विक बाइकमा गस्तीका लागि गएका थिए ।

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • 11 minutes ago
कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

  • 14 minutes ago
बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।