कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला !

प्रतिकात्मक तस्बिर

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । 

 

अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुगेका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए । 

 

“घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा फेला परेको छ”, उनले भने, “चितुवालाई आक्रमण गर्ने दुई वटा कुकुर गम्भीर घाइते भएका रहेछन् ।” जङ्गल नजीकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले जानकारी दिए ।

 

चार वयस्क कुकुर मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उनले जानकारी दिए । स्थानीयवासीले राति नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितुवा मरेको देखेर वन कार्यालयमा जानकारी गराएका थिए । 

 

वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय घ्याम्पेसाल परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीले जानकारी दिए।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 3 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 3 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।