यसरी ल्याउनुस् छालामा चमक !

प्रतिकात्मक तस्बिर

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूलले तपाईको छालामा चमक ल्याउछन् ।

 

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

 

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

 

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन्। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।

 

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

  • 7 minutes ago
सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डैकती

बर्दिवास । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

  • 11 minutes ago
जसपाको उपेन्द्र यादव पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बस्न लागेको हो । बुधबार महन्थ ठाकुर समूहले आफूनिकटका १७ ज

अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

  • 20 minutes ago
अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।