पटक–पटक प्रयास गर्दा असफल भएपनि निराश नहौँ

प्रतिकात्मक तस्बिर

काठमाडौं । एक प्रचलित लोक कथाका अनुसार पुरानो समयमा एक गरीब व्यक्ति एकदमै निराश भएका थिए । 

 

उनी गरीबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् । एक दिन ती व्यक्ति हिम्मत हार्दै निराश हुन पुगे । केहि दिन बित्दै गर्दा उनको भेट एक सन्तसँग भयो । ती व्यक्तिले सन्तलाई आफ्नो सबै समस्याहरु बताए । यता ती महात्मा व्यक्ति सन्तले उनलाई निराश नहुन आग्रह गर्दै प्रयास जारी राख्न भने । यो कुरा सुनेपछि उक्त गरीब व्यक्तिले म हार खाइसकेँ, अब म केही गर्न सक्दिन भने । 

 

सन्तले बुझे ती व्यक्ति नकरात्मक विचारबाट गुज्रिरहेका छन् । तब सन्तले उनलाई बताउँदै एक कथा सुनाउन थाले । कथाका अनुसार एक सानो बच्चाले बाँस र सिउँडीको बिरुवा लगाए । ती बालकले हरेक दिन दुवै बिरुवालाई बराबर हेरचाह गर्थे । धेरै महिना बित्यो । सिउँडीको बिरुवा हुर्कियो भने बाँसको बिरुवा उस्तै रह्यो । ती बालकले हिम्मत हारेनन् र दुवै बिरुवालाई हेरचाह गर्दै गए । यसैगरि केहि अरु महिना बित्यो तर बाँसको बिरुवा उस्तै थियो । तापनि बालक निराश भएनन् भने दुवै बिरुवालाई पानी दिन छाडेनन् । केहि महिनापछि बाँसको बिरुवा पनि हुर्कियो र केहि दिनमै सिउँडी भन्दा ठूलो हुन गयो । 

 

यसपछि सन्त बताउँछन्, बाँसको बिरुवाले पहिला आफ्नो जरालाई बलियो गर्दै थियो, जसकारण उसलाई हुर्कन सिउँडी भन्दा केही समय बढि लाग्यो । हाम्रो जीवनमा जब संघर्ष आउँछ तब हामी हाम्रो जरालाई बलियो बनाउनुपर्छ, निराश हुनुहुँदैन । जब हाम्रो जरा बलियो हुनेछ तब हामी द्रुत गतिमा हाम्रो लक्ष्यतर्फ अघि बढ्न सक्छौं । यसपछि ती गरीब व्यक्ति सन्तको कुरालाई मनन गर्दे उसले एक पटक पुन ः उत्साहको साथ काम गर्न सुरु गरे । यसर्थ हामी पटक–पटक असफल भएपनि हिम्मत हार्नुहुँदैन । हामी निरन्तर प्रयास गरेमा एकदिन अवश्य लक्ष्यमा पुग्नेछौँ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 3 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।