लिम्बुवान नागरिक समाज युकेको नयाँ कार्यसमितिका निर्णयहरु यस्ता रहेका छन्

  • बुधबार, ८ फागुन, २०७५
  • 1 year ago
  • युके

बेलयात । लिम्बुवान नागरिक समाज युकेको चौथो महाधिवेशन पछि बनेको नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ । महासाचिव लाहाङ चेम्जोङले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयहरु पेस गरेका हुन् ।

 

अध्यक्ष छत्र वनेमको अध्यक्षता र निवर्तमान अध्यक्ष नरेन्द्र मावोहाङको प्रमुख आतिथ्यमा ती निर्णयहरु भएका हुन् ।  सन् २०१९ फेब्रुअरी १६ तारिक शनिवार आस्फोर्डमा बसी तपशिल बमोजिमका निर्णयहरु पारित गरेको चेम्जोङले बताएका हुन् । 

 

 निर्णयहरु यस्ता रहेका छन् ।

 

१.लिम्बुवान नागरिक समाज युकेको सस्थागत अध्यक्ष श्री प्रसाद थेवेको गत २०१८ नोभेम्वर १० तारिखका दिन उपचाररत अवस्थामा असमायिक निधन भएको हुँदा उहाँको निधनले समाज, समुदाय र समग्र लिम्बुवान प्राप्तिको आन्दोलनलाई अपुरणिय क्षति पुगेको ठहर गर्दै बैठकद्धारा सोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । 

 

२. लिम्बुवान नागरिक समाज युकेको गत २०१९ जनवरी १९ तारिख शनिवारको दिन आस्फोर्ड, केन्टमा सम्पन्न चौथो महाधिवेशन सभ्य, भव्य र शान्त वातावरणमा सम्पन्न भएको बैठकले निष्कर्ष निकालेको छ । यसका लागि निवर्तमान केन्द्रीय समिति र चौथो महाधिवेशन मूल आयोजक समिति, निर्वाचन मण्डल, पूर्व सल्लाहकारहरु, संघ–संस्थाहरु, सहयोगीहरु, शुभेच्छुकहरु लगायत सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन पनि गर्ने प्रस्ताव पारित गरेको छ ।

 

३. लिम्बुवान नागरिक समाजको लेटर प्याडमा समाजको लोगो, लिम्बुवानको नक्सा र केन्द्रीय कार्यसमितिको पूर्ण नामावली रहेको लेटर प्याड प्रचलनमा ल्याउने र लेटर प्याडमा नारा लिम्बुवान नागरिकहरुको चाहना, लिम्बुवान राज्यको पुनस्थापना लेख्ने निर्णय गरेको छ ।

 

४. लिम्बुवानका विविध विषय, मुद्धा र एजेन्डाहरु र लिम्बुवानका जाति, जनजाति तथा जनता÷नागरिकहरुका सरोकारका विषयहरुमा बौद्धिक तथा प्राज्ञिक बहसको शुरुवात गर्न लिम्बुवान नागरिक बहस श्रृखला कार्यक्रम नियमित रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।

 

५. लिम्बुवान प्राप्तिका लागि संघर्षरत शक्ति, समूह, संगठनहरुको कार्यक्रम, आन्दोलन तथा अभियानप्रति ऐक्यवद्धता जनाउदै भविष्यमा आइपर्न सक्ने सङकटका लागि सचेत रहने र समाजको तर्फबाट नैतिक तथा भौतिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

 

६. लिम्बुवान नागरिक समाज युकेका दिवङ्गत पूर्व अध्यक्षहरुको फोटो सम्मानार्थ संस्थाको ब्यानरहरुमा राख्ने निर्णय गरेको छ ।

 

७. लिम्बुवान आन्दोलनलाई बौद्धिक अभियानका रुपमा अगाडि लैजान तथा सामाजिक साँस्कृतिक चेत निर्माण गर्ने उद्धेश्यले मिडिया सचिव अमित थेवेको सम्पादनमा लिम्बुवानी कविताहरुको संग्रह प्रकाशित गरी २०७६ साउन २२ गतेभित्र विमोचन÷सार्वजानिक गर्ने निर्णय गरेको छ ।

 

८. लिम्बुवान नागरिक समाजको विधान अनुसार युकेमा शाखा समितिहरु गठन गर्न समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले जिम्मेवारी लिने निर्णय गरेको छ ।

 

९. हरेक वर्ष किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्ने सिसेक्पा साँस्कृतिक कार्यक्रममा लिम्बुवान नागरिक समाजको प्रचार प्रसार गर्न एक प्रदर्शनी कक्ष सन्चालन गर्ने र यसका लागि चुम्लुङसंग समन्वय गर्ने साथै यसको लागि नेतृत्व उपाध्यक्ष मनमाया नेम्बाङले गर्ने निर्णय पारित गरेको छ ।

 

१०. लिम्बुवान नागरिक समाज युकेको साधरण सदस्यता पत्र वितरण अभियानलाई तीब्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ ।

 

११. लिम्बुवान नागरिक समाजको विधान अनुशार पूर्व अध्यक्षहरु, लिम्बुवान भुमिभित्र पर्ने ९ जिल्लाका अध्यक्षहरु र लिम्बुवान सम्बन्धमा विशेष ज्ञान राख्नेहरु मध्येबाट उपयुक्त व्याक्तिहरुलाई सल्लाहकारको रुपमा मनोनित गरेको छ ।

 

१२. लिम्बुवान नागरिक समाज युके स्थापना भएको एक दशक पुगेको हुनाले सन् २०१९ लाई समाजको दशक स्थापना वर्ष घोषणा गर्दै उपयुक्त कार्यक्रमहरु तर्जुमा गर्नको लागि सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 8 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 45 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।