‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ पुडासैनी र अर्याललाई

काठमाडौं । शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित  ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ ।

 

पुरस्कारका लागि विसं २०७५ मा प्रकाशित भएकामध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी ती दुई कृति पुरस्कृत गरिने भएको हो  । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले जानकारी दिनुभयो । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।

 

पुडासैनीको कृतिमा मधेश तराई गाथा र अर्यालको कृतिमा नारीवादी तर आत्मिक प्रेम वर्णन भएकाले छनोट गरिएको पुरस्कार चयन समितिका संयोजक डा देवीप्रसाद गौतमले उल्लेख गरे। पुरस्कृत ती दुईसहित उत्कृष्ट पाँचमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ परेका थिए ।

 

‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी १२ हजारप्रति प्रकाशन भएको थियो । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुने जनाइएको छ ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।