लोकसभा निर्वाचनसँगै सुरु भयो मोदीको परिक्षा
- शुक्रबार, २९ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन हिजो बिहीबारबाट सुरु भएको छ । सात चरणमा हुने निर्वाचनको पहिलो चरण बिहीबारदेखि सुरु भएको हो । अहिले भारतमा सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको किसान समस्या, गरिबी र बेोजगारीजस्ता समस्या यसपटकको प्रमुख चुनावी मुद्दा बन्न पुगेका छन् । निर्वाचनमा होमिएका प्रायः सबै राजनीतिक दलले यी मुद्दालाई समेटेका छन् । यता सत्तारुढ दm भारतीय जनता पार्टीले यी सबै मुद्दासँगै राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।
विश्वको सबैभन्दा ठूलो लोकतन्त्रवादी मुलुक भारतमा हुन लागेको यसपटकको निर्वाचन खर्चको आधारमा पनि विश्वमै सबैभन्दा महँगो निर्वाचनका रुपमा चर्चित छ । निर्वाचनाको पहिलो चरणमा हिजो बिहीबार भारतका पाँच सय ४३ लोकसभा क्षेत्रमध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान भएको छ ।
अप्रिल ११ बाट सुरु भई मई १९ तारिखमा सम्पन्न हुने यो निर्वाचन भारतभरि नै सात चरणमा हुनेछ , ९० करोडभन्दा बढी बढी मतदाताले पाँच सय ४३ स्थानका लागि यसपटकको मतदान गर्दै छन् । मतदानको लागि योग्य मतदाताको यो संख्या विश्वको कूल जनसंख्याको १० प्रतिशतभन्दा केही बढी हो – जसका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । भारतीय निर्वाचन आयोगले मतगणना भने मे २३ मा हुने कार्यतालिका तोकेको विमर्शमा उल्लेख छ ।
निर्वाचनपछि निर्वाचित भएका लोकसचा सदस्यमध्येबाट सबैभन्दा ठूलो दल अर्थात् बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने छन् । संसद्मा कसैको बहुमत नपुगेको अवस्थामा संसद्भित्रै बन्ने गठबन्धनको दलका नेतामध्येबाट प्रम बन्नेछन् ।
निर्वाचनमा मुख्यतः भारतीय जनता पार्टी र भारतीय काँग्रेस आईबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । दुवै दल निर्वाचनमा आफूसँग निकट विचार रहेका दलबीच गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।