लोकसभा भनिने भारतको तल्लो सदन विघटन

Global IME
Norvic Hospital

भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्।  

 

भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरका हुन् । 

 

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको छ । 

 

भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ । जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । 

 

एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु) ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी सङ्घ, लोकतान्त्रिक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

 

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । 

 

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लिम लिगले तीन सिट जितेका छन् । 

 

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् । 

 

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक र तल्लो सदनको विघटनसँगै भारतमा फेरी नयाँ सरकार गठनको चरण सुरु हुन लागेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुनको मूल्य बढ्यो

  • 2 minutes ago
सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

  • 8 minutes ago
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 28 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।