बेलायतमा कार बिक्रीमा व्यापक गिरावट
- मंगलबार, २४ पुष, २०७५
- 4 years ago
- युके
- अन्तर्राष्ट्रिय

लण्डन, बेलायत । कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो ।
मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत बर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ ।
अघिल्लो बर्षमा २० लाख ३७ लाख कारको विक्री भएको थियो । विक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सवैभन्दा बढी हो । एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाब बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो ।
समूहका प्रमुख कार्यकारी माइक हावेसले भने, “उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक बर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो ।”
ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भने, “यो तथ्याङ्क नीतिनिर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा
- 6 minutes ago
काठमाडौँ। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो। भ्रष्टाचार सम्बन्धी विश्वव
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
- 10 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो
- 24 minutes ago

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।