लण्डनमा पलेंटी कसेरै नेवारी भोज
- आइतबार, १२ जेष्ठ, २०७६
- 3 years ago
- युके

लण्डन । नेवार समुदायको सांस्कृतिक पर्व ‘गुठि भ्वयः’ शनिबार लण्डनमा पनि सम्पन्न भएको छ ।
पासा पुचः साउथ ईस्ट लण्डनले आयोजना गरेको उक्त परम्परागत भोजमा २ सय ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
त्यसअवसरमा बेलायतबासी नेवार समुदाय मात्र नभएर गैरनेवार नेपाली र विदेशीहरु समेत उपस्थित थिए ।
भोजमा करिब ४ दर्जन नेवारी परिकारहरु समावेश थिए । मौलिक शैलीमा लप्टेमा पस्किएका परिकाररुको स्वाद लिन सहभागीहरु पलेंटी कसेरै बसेका थिए । भोजमा परम्परागत शैलीमा घरमै तयार पारिएको रक्सी र जुजु धौ लगायत पनि थिए ।
भोजमा परिकारहरु तयार पार्न संस्थाका २१ जना महिला तथा १० जना पुरुषले स्वयमसेवकको रुपमा सहयोग गरेका थिए ।
भोजमा अहिले बेलायतको भ्रमणमा रहेका गायक प्रेमध्वज प्रधान विशेष अतथिको रुपमा सहभागी थिए । उनले नेवारी भाषाको आफ्नो बहुचर्चित गीत राजामती समेत गाएर सुनाएका थिए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी थिए । उनले बेलायतमा नेपाली संस्कृति र मौलिकताको संरक्षण गर्न भोजले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
भोजको लागि ज्येष्ठता र वरिष्ठताका आधारमा गायक प्रेमध्वज प्रधान , राजदूत डा दुर्गाबहादुर सुवेदी, रामप्रसाद प्रजापति, रजनी प्रधान र विमल कक्षपतिलाई नाइके चयन गरिएको थियो ।
त्यसअवसरमा पासा पुचः यूकेका अध्यक्ष ओजेश सिंह तथा पूर्व अध्यक्षहरु कुमार श्रेष्ठ र कपिल श्रेष्ठ , पासा पुच साउथ ईस्ट लण्डनका पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।
आयोजक पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले भोजमा सहभागी तथा तयारीमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरेका छन् । बेलायतमै जन्मिएका , यतै हुर्किएका नयाँ पुस्तादेखि गैरनेवार नेपाली समुदाय र विदेशीहरुमाझ पनि नेवारी खाना र संस्कृतिको प्रबद्र्धन गराउनु भोजको लक्ष्य रहेको उनले जनाए ।
विगत ४ वर्षदेखि बेलायतमा हरेक वर्ष यो भोज आयोजना हुँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 16 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 17 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।