पाकिस्तानी प्रधानमन्त्री शहबाज नवाज सरिफलाई भेट्न लण्डन पुगे

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, २८ बैशाख, २०७९
  • 1 month ago
  • युके

लण्डन । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग एन (पीएमएल एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको  स्थानीय सञ्चारमाध्यमले बुधबार  उल्लेख गरेका छन्। 

 

शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल(एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ ।

 

प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको  साम टिभीले आज  जनाएको छ। स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले  जनाएअनुसार नवाज शरीफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल(एनले ूठूलो निर्णयू लिने अपेक्षा गरिएको छ ।

 

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् ।

 

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ देखि स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्रीले  स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन्।

नवाजका अनुसार पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) को सरकारले पाकिस्तानलाई गहिरो आर्थिक सङ्कटमा छोडेको थियो।

 

बैठक राति ८ बजे ९पाकिस्तानी समय० मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ ।

 

गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

  • 15 minutes ago
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • 28 minutes ago
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

  • 48 minutes ago
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।