पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिएपछि उपभोक्ता मारमा

  • आइतबार, ४ असोज, २०७७
  • 1 month ago
  • अर्थ
file photo

डोटी । जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । 

 

यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए । उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?”

 

जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए ।

 

उनले भने, “ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।” ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ ।

 

दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले रु एक हजार ३१३.७५ मा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताए । उनले भने, “कम्पनीले लोड, अनलोड तथा भ्याटको रकम नजोडेर बिल पठाएको हुन्छ, पछि उक्त रकम अलग बिलमा जोडेर दिएको हुन्छ, अनि हामीले उक्त रकम जोड्दा बढी आउने भएकाले बढी रकम लिएका हौँ, गलत मूल्य लिएका छैनौँ ।” डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकार गरे । 

 

त्यस्तै पिपल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको रु एक हजार ६०० पर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ । कैलालीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालकहरुले स्वीकार गरेका छन् । जिल्लामा खुलेआमरूपमा यसरी ग्यासको मूल्य पसलैपच्छिे फरक पाउने गरेको छ ।

  

उता डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए । उनले भने, “ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गछर्नैँ ।” जिल्लाका कुनकुन पसल तथा व्यापारीले यसरी बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् सो विषयमा अनुगमनसहित जानकारी लिन र कारवाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

  • 5 minutes ago
चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । अध्यक

दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

  • 11 minutes ago
दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अ



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।