अब तपाई नै भन्नुहोस्, यी व्यक्तिहरुमध्ये सबैभन्दा भाग्यमानी व्यक्ति को ?

Norvic Hospital

फ्रेन सेलक

क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७ पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदार उनी चढेको बस पुलबाट खस्दा समेत बाँचे र पछीदुईवटा कार दुर्घटनामा समेत बाँचे । यतिमात्र होइन उनले सन् २००२ माक्रोयसियन चिठ्ठामा एकलाख डलर समेत जिते ।

 

निचिरेन

निचिरेन एक १२ औं शताब्दीकाभिक्षु थिएजसलाई मृत्युदण्ड को सजाँय सुनाइएको थियो तर मृत्युदण्ड दिने बेलामा चट्याङपर्यो । उनको शिर छेदनगर्न तरबार उचालेको व्यक्ती नै चट्याङले मर्यो । त्यसपछिउनलाई स्वतन्त्र छाडियो ।

 

फिडेल क्यास्ट्रो

क्युवाको काउन्टर इन्टिेलिजेन्स एजेन्सिको अनुसार फिडेल क्यास्ट्रोको ६ सय ३० पटक हत्या प्रयास भयो तर पनि उनी सधैं मृत्युको मुखबाट बाँच्न सफल भए । उनलाई अमेरिकी गुप्तचर सस्थां सिआइएले उनले पिउने सिगारमा विष्फोटक पदार्थ समेत हालेर मार्न खोज्यो तर सकेन ।

 

इडुवार्डो लेइटी

ब्राजिलका निर्माण कामदार इडुवार्डो लेइटीको टाउकोमा १।८ मिटर फलामको रड छिरेर पस्यो र उनको खप्पर छेडेर आँखाको बिचबाट निस्कियो । तर पनि उनी बाच्ँन सफल भए अचम्म त अझै यो छ कि उनलाई त्यती हुँदा पनि कत्ति पनि दुखाईको महशुस भएन ।

 

 

रोबर्ट ह्यामिल्टन

इन्डियानाका रोबर्ट ह्यामिल्टनले दशलाख डलरको चिठ्ठा एकपटक होइन दुई पटक जिते । जबकीउनको चिठ्ठाको पुरस्कार जित्ने सम्भावना२० लाखमापटकमा एकपटक थियो । उनी सधैं एकै नम्बरको चिठ्ठा किन्ने गर्छन् ।

 

ताइवानमा दुइ वर्ष ठूलो पानि पर्यो र पहिरो आयो । एक जना भाग्यमानी मोटर चालक पहाडबाट खसेको ठूलो चट्टानले किचिनबाटअलिकतिले जोगिन सफल भए । उनको यो दृष्य पछाडीको अर्को कारको ड्यास बोर्ड क्यामेराले खिचेको थियो र पछि इन्टरनेटमा यो दृश्यभाइरल भयो ।

 

अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याकसनको हत्या गर्न सन् १८३५ मा रिचार्ड लरेन्सले गोली प्रहार गरे तर त्यो मिसफायर भयो । तर उनीअर्को पेस्तोल समेत लिएर आएकाथिए र त्यसबाट गोली प्रहार गर्दा मिस फायर भयो । त्यसपछि ज्याकसनलेआफ्नो लठ्ठिले लरेन्सलाई हिर्काए र नियन्त्रणमा लिए ।घटना पछि दुबै पेस्तोलको परिक्षण गर्दा दुबैबाट ठिक फायर गरेका थिए ।

 

बिलमोर्गन

बिलमोर्गन एउटा भयानक टक दुर्घटनाबाट बाँचेका थिए । उनी१४ मिनेटसम्म मृत भएका थिए । १२ दिनकोमा गएर बाँचेका उनी ठिक भएपछि त्यसको खुशीयालीमा एउटा स्क्रयाचकार्ड किने जसबाट उनले २७हजार डलरको एउटा कार जिते । त्यो थाहा पाएपछि उनलाई स्थानिय समाचार सस्थाले त्यो जितको क्षणलाई फेरि कैद गर्न अभिनयगर्न लगायो तर यो पटक झनै उनले दुईलाख पचास हजार डलर जिते ।

 

सुतोमु यामागुची

एक आणविक आक्रमणबाट बाँच्नु नै आश्चर्यको कुरा हो भने दुईवटा आणविक आक्रमणबाट बाँच्नुलाई के भन्ने ? जापानको नागासाकीका सुमोतु यामागुची हिरोसिमामा आक्रमण हुदाआफ्नो कामको सिलसिलामा हिरोसिमा गएका थिए तर उनी त्यसमा बाच्ँन सफल भए त्यसपछि उनी नागासाकी फर्किए तर नौ दिन पछि त्यहा पनि आक्रमण भयो तर त्यो आक्रमणमा पनि उनी बाँँच्न सफल भए ।

 

जोअनजिन्थर

जोनजिन्थर यस्ता व्यक्ती हुन जसले मल्टि मिलियन डलरको ज्याकपट चिठ्ठा चारपटक सम्मजितिन । तथ्याङ्ककाअनुसार यो असम्भव जस्तै छ , तर उनले पहिलो पटक ५दशमलब ४ मिलियन डलर जितिन त्यसको एक दशक पछि दुई मिलियनर त्यसको दुई वर्ष पछि ३ मिलियन र अन्तिममा सन् २००८ मा १० मिलियन डलर जितिन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

  • 51 minutes ago
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २

जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

  • 54 minutes ago
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

  • 1 hour ago
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।