तपाई कत्तिको भाग्यमानी हुनुहुन्छ ? यसरी पनि थाहा पाउनुहोस्
- शुक्रबार, २० बैशाख, २०७६
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।
आउनुहोस आज राज योगका बारेमा केही बुझौं
१.राजयोगको परिस्थिती : जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ ।
उसको हात र खुट्टाको रेखा एकदमै स्पष्ट हुन्छ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह् देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर भएर बित्ने उल्लेख छ ।
२. विभिन्न चिन्ह : सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाईअनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वा चक्रको निशान देखिन्छ, उ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।
३. विभिन्न निशान : जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।
४. राज्यको अवसर : जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ। चक्र वा ध्वजाको निशान हुन्छ त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ ।
५. लक्ष्मीको प्रिय : यस्तो व्यक्ति जसको खुट्टामा कुनै पाङ्ग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जमीन, घर प्राप्त हुन्छ र जीवनभर उ सुशी र सम्पन्न हुन्छ । यसको घरमा सधै लक्ष्मीको बास हुने हुँदा उसलाई धनको कमी हुँदैन ।
६.कोठी : जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ उ एकमै धनी तथा समाजिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह् हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।
७. भाग्य रेखा : माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्यरेखा भनिन्छ, यो रेखा प्रष्ट र कहींपनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।
८.विभिन्न अगंहरुबाट ज्ञान : समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक, र गहिरो नाइटो हुन्छ, उसको भाग्यले उसलाई एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।
राजयोग को शर्त
राजयोग तबसम्म सिद्ध मानिदैंन जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारिररिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ ।
राजयोगको निश्चितता
माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ । हात वा पैतालामा शंख, चक्र, गधा खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह् भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 10 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 13 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 26 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।