भाग्य बलियो भएपछि...

Norvic Hospital

१०. फ्रेन सेलक

क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र उनी चढेको बस पुलबाट खस्दा समेत बाँचे र पछी दुईवटा कार दुर्घटनामा समेत बाँचे । यतिमात्र होइन उनले सन् २००२ मा क्रोयसियन चिठ्ठामा एकलाख डलर समेत जिते ।

 

९. निचिरेन

निचिरेन एक १२ औं शताब्दीका भिक्षु थिए जसलाई मृत्युदण्ड को सजाँय सुनाइएको थियो तर मृत्युदण्ड दिने बेलामा चट्याङ पर्यो । उनको शिर छेदन गर्न तरबार उचालेको व्यक्ती नै चट्याङले मर्यो । त्यसपछि उनलाई स्वतन्त्र छाडियो ।

 

८. फिडेल क्यास्ट्रो

क्युवाको काउन्टर इन्टिेलिजेन्स एजेन्सिको अनुसार फिडेल क्यास्ट्रोको ६ सय ३० पटक हत्या प्रयास भयो तर पनि उनी सधैं मृत्युको मुखबाट बाँच्न सफल भए । उनलाई अमेरिकी गुप्तचर सस्थां सिआइएले उनले पिउने सिगारमा विष्फोटक पदार्थ समेत हालेर मार्न खोज्यो तर सकेन ।

 

 ७.  इडुवार्डो लेइटी 

ब्राजिलका निर्माण कामदार इडुवार्डो लेइटीको टाउकोमा १.८ मिटर फलामको रड छिरेर पस्यो र उनको खप्पर छेडेर आँखाको बिचबाट निस्कियो । तर पनि उनी बाच्ँन सफल भए अचम्म त अझै यो छ कि उनलाई त्यती हुँदा पनि कत्ति पनि दुखाईको महशुस भएन ।

 

६. रोबर्ट ह्यामिल्टन

इन्डियानाका रोबर्ट ह्यामिल्टनले दशलाख डलरको चिठ्ठा एकपटक होइन दुईपटक जिते । जबकी उनको चिठ्ठाको पुरस्कार जित्ने सम्भावना २० लाखमा पटकमा एकपटक थियो । उनी सधैं एकै नम्बरको चिठ्ठा किन्ने गर्छन् ।

 

५. ताइवानमा गत वर्ष ठूलो पानि पर्यो र पहिरो आयो । एक जना भाग्यमानी मोटर चालक पहाडबाट खसेको ठूलो चट्टानले किचिनबाट अलिकतिले जोगिन सफल भए । उनको यो दृष्य पछाडीको अर्को कारको ड्यासबोर्ड क्यामेराले खिचेको थियो र पछि इन्टरनेटमा यो दृश्य भाइरल भयो ।

 

४. अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याकसनको हत्या गर्न सन् १८३५ मा रिचार्ड लरेन्सले गोली प्रहार गरे तर त्यो मिसफायर भयो । तर उनी अर्को पेस्तोल समेत लिएर आएका थिए र त्यसबाट गोली प्रहार गर्दा मिस फायर भयो । त्यसपछि ज्याकसनले आफ्नो लठ्ठिले लरेन्सलाई हिर्काए र नियन्त्रणमा लिए । घटना पछि दुबै पेस्तोलको परिक्षण गर्दा दुबैबाट ठिक फायर गरेका थिए ।

 

३ बिल मोर्गन

बिल मोर्गन एउटा भयानक टक दुर्घटनाबाट बाँचेका थिए । उनी १४ मिनेटसम्म मृत भएका थिए । १२ दिन कोमामा गएर बाँचेका उनी ठिक भएपछि त्यसको खुशीयालीमा एउटा स्क्रयाच कार्ड किने जसबाट उनले २७ हजार डलरको एउटा कार जिते । त्यो थाहा पाएपछि उनलाई स्थानिय समाचार सस्थाले त्यो जितको क्षणलाई फेरि कैद गर्न अभिनय गर्न लगायो तर यो पटक झनै उनले दुईलाख पचास हजार डलर जिते ।

 

२. सुतोमु यामागुची 

एक आणविक आक्रमणबाट बाँच्नु नै आश्चर्यको कुरा हो भने दुईवटा आणविक आक्रमणबाट बाँच्नुलाई के भन्ने? जापानको नागासाकीका सुमोतु यामागुची हिरोसिमामा आक्रमण हुदा आफ्नो कामको सिलसिलामा हिरोसिमा गएका थिए तर उनी त्यसमा बाच्ँन सफल भए त्यसपछि उनी नागासाकी फर्किए तर नौ दिन पछि त्यहा पनि आक्रमण भयो तर त्यो आक्रमणमा पनि उनी बाँँच्न सफल भए । 

 

१. जोअन जिन्थर

जोन जिन्थर यस्ता व्यक्ती हुन जसले मल्टिमिलियन डलरको ज्याकपट चिठ्ठा चारपटक सम्म जितिन । तथ्याङ्कका अनुसार यो असम्भव जस्तै छ , तर उनले पहिलो पटक ५ दशमलब ४ मिलियन डलर जितिन त्यसको एक दशक पछि दुई मिलियन र त्यसको दुई वर्ष पछि ३ मिलियन र अन्तिममा सन् २००८ मा १० मिलियन डलर जितिन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

  • 2 minutes ago
विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन

  • 14 minutes ago
‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन

काठमाडौँ। खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा

पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा

  • 16 minutes ago
पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।