यस्तो रहेको छ विहीबारको तपाईको भाग्य–मंसिर १२ गते

Norvic Hospital

काठमाडौँ, १२ मंसिर । वि.सं. २०७६ साल मंसिर १२ गते । विहीबार । ईश्वी सन् २०१९ नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि द्वितीया, ३१ घडी ३२ पला, बेलुकी ०७ बजेर १२ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । 

 

मेष -चू,चे,चो,ला,लि,लू,ले,लो,अ- लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो नतिजा ल्याउन निकै मेहनेत गर्नुपर्नेछ । साहित्य, लेखन तथा कलाकारिताको क्षेत्रमा समय खर्चिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । 

 

बृष -ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो- बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलीमाइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । 

 

मिथुन -का,की,कू,घ,ङ,छ,के,को,हा- सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, भने परिवारजनको साथले नयाँ आसा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। 

 

कर्कट -ही,हू,हे,हो,डा,डी,डु,डे,डो- आफन्त तथा मामा माइजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् ।  

 

सिहं -मा,मी,मू,मे,मो,टा,टी,टू,टे- अन्य क्षेत्रमा व्यस्त हुदा पढाई लेखाईमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । 

 

कन्या -टो,पा,पी,पू,ष,ण,ठ,पे,पो- बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।

 

तुला -रा,री,रु,रे,रो,ता,ती,तू,ते- महत्वकांक्षी योजनाहरु सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको बिकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाँटी सम्बन्धि समस्या ठीक भएर जानेछ । दाजसभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

बृश्चिक -तो,ना,नी,नू,ने,नो,या,यी,यू- बिहानको समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । 

 

धनु -ये,यो,भा,भी,भू,ध,फा,ढा,भे- क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । 

 

मकर -भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी- बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पती–पत्नीबीच अबिश्वास बढ्नेछ । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । 

 

कुम्भ -गू,गे,गो,सा,सी,सू,से,सो,दा- अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ, भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ, भने नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाईसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरी आम्दानी का स्रोतहरु बढाउँन सकिनेछ ।

 

मीन -दी,दू,थ,झ,ञ,दे,दो,चा,ची- सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्नेहुनाले आर्थिक अवस्था सुदृड हुनेछ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

  • 26 minutes ago
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २

जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

  • 29 minutes ago
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

  • 42 minutes ago
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।