लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल

चितवन– भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । 

 

यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् । 

 

नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले भन्ने गरेको बताए । 

 

तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उनको भनाइ थियो । 

 

धेरैजसो विमानस्थलको दक्षिणपूर्वबाट धावनमार्गमा जहाज अवतरण गर्ने र सोही दिशाबाटै उडान गर्ने गरिन्छ । उत्तर पश्चिमबाट पनि कहिलेकाहीँ जहाज उडान र अवतरण गर्ने गरिन्छ । 

 

उनका अनुसार धावनमार्गमा तारबारपछि दक्षिणपूर्व ठूला घर र विद्युत्का तारहरु टाँगिएका छन् । उत्तर पश्चिममा नेपाली सेनाको गणका साथै अग्ला रुखहरु छन् । 

 

प्रमुख गौतमले पाइलटको भनाइ उदृत गर्दै भने, “उनीहरुले जहाज अवतरण गर्दा धावनमार्गमै आएर सोझै झर्नुपर्ने बाध्यता छ । उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भन्दै तराईको मिनी लुक्लाको संज्ञा दिने गरेका हुन् ।” लुक्ला विमानस्थल हिमाली क्षेत्रको जोखिमपूर्ण विमानस्थल हो । 

 

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । 

 

उडान र अवतरण अप्ठ्यारो हुने भएपछि बुद्धको ४७ सिटको एटिआर ४२ ले ४० हाराहारी यात्रु मात्रै उडाउँछ भने यतीले ३० र जेट स्टिमले २० यात्रु मात्रै बोक्ने गर्दछ । 

 

बुद्ध एयरलाइन्सका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले जुन मापदण्ड हुनुपर्ने हो त्यसो नहुँदा सिटअनुसारको यात्रु बोक्न नसकिएको बताए । 

 

उनले दक्षिणपूर्व र उत्तर पश्चिम क्षेत्रका अवरोध घटाएर धावनमार्ग बढाउन सके ठूला जहाज अवतरण गर्न सकिने बताए । 

 

अहिले भरतपुर काठमाडौँ जहाज भाडा रु तीन हजार ७५० छ । ठूला जहाज चलेमा रु तीन हजारभन्दा कममा उडाउन सकिने उहाँले जानकारी दिए । 

 

यती एयरलाइन्स भरतपुरका निमित्त प्रबन्धक अनुप ढकालले जहाजको अवतरण र उडान क्षेत्रमा अवरोध भएका कारण तापक्रम हेरेर यात्रु राख्नुपरेको बताए । 

 

तीस जना क्षमताको जेट स्टिममा २० हाराहारी यात्रु पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । 

 

भरतपुर काठमाडौँ दैनिक १० जहाज उड्ने गर्दछन् । भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ । 

 

बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन् । नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो । सो समयमा दैनिक १८ वटासम्म विमानले उडान भरेका थिए । 

 

प्रदेश नं ३ को राजधानी एवं छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौँ आवतजावत गर्ने यात्रु पनि यही विमानस्थल प्रयोग गर्ने गर्छन् । 

 

प्रमुख गौतमले भरतपुर विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँ र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ नभएको बताए । 

 

जिल्लामा विशिष्ट व्यक्तिको आवागमन बढी हुने गर्दछ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद हुन् । 

 

यही जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गृहमन्त्री रामबहादुर थापा पनि चितवनवासी हुन । 

 

पूर्वउपप्रधानमन्त्री अमिक शेरचन, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री विक्रम पाण्डेलगायत नेता पनि यही जिल्ला भएर आवत–जावत गर्दा पनि विमानस्थलको समस्याबारे चासो नदिएको प्रमुख गौतमले गुनासो गरे। 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 4 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 4 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।