लुम्बिनीको ब्रान्डिङ शुरु

Global IME
Norvic Hospital

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र प्रतीक चिन्हलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकारवालाले बताएका छन् । 

 

लुम्बिनीसँग सरोकारित सङघसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारबीच रुपन्देहीको टाइगर प्यालेसमा भएको आज भएको कार्यक्रममा लुम्बिनीको लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रंग, अशोका पिल्लर, बुद्धजन्मस्थल र बुद्धिज्मसँग सरोकार भएका विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ ।

 

उक्त प्रस्तावित लोगोमाथि अन्तक्र्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदैं लोगोको अक्षर रन्जना लिपीमा राखेमा अझै प्रभावकारी हुने बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा इश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताए । उनले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृत रुपमा लुम्बिनीको प्रबद्र्धनमा लाग्नुपर्नेसमेत बताए । डा गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्नेगरी छलफल भएकोसमेत बताए । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैंँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । 

 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख  डा धनन्जय रेग्मीले लुम्बिनीको प्रबद्र्धन गर्न पर्यटन बोर्डले सबैको सहकार्य र सुझाबलाई अङ्गिकार गर्दै ब्रान्डिङ गर्न थालेको बताए । उनले भने, “स्थानीयवासीलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुन्जमा कार्यक्रम गराउने तथा हिलस्टेशन र हिमालका दृश्य हेर्न मिल्नेगरी कार्यक्रम बनाउने गरी बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्नुपर्छ ।” नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागार्इंले निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए । 

 

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको बारेमा बताउँदै लुम्बिनीको ब्रान्डिङ पश्चात् अन्तर्राष्ट्रियस्तरमा अझै महत्व बढेर जाने बताए । पर्यटन पुनरुत्थान समिति संयोजक सागर अधिकारीले लुम्बिनीको अहिलेसम्म ब्रान्डिङ नभएको बताउदैं भने, “जसरी थाइल्याण्डको एमाइजिङ थाइल्याण्ड, भारतको अमूल्य भारत र नेपालको नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए जस्तै लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रंग, नाम, लोगोको विषयमा गरिएको छलफलले कोरोना कहरपछिको पर्यटन पुनरुत्थानमा ठूलो योगदान दिनेछ । ” 

 

कार्यक्रममा पर्यटनविद् विक्रम पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा सन्जीव हुमागाई, भिक्षु मैत्रेय, भारतस्थित एशोसियशन अफ बुद्धिस्ट टूर अपरेटर (आब्टो) का महासचिवसमेत रहेका भारतीय पर्यटन व्यवसायी डा कौलेशकुमार, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले लुम्बिनीको ब्रान्डिङमा सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 29 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।