म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत
- सोमबार, १५ असोज, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

स्कोप्ज । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए । यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ ।
निर्वाचन आयोगका अनुसार, मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१।३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन् । नाम परिवर्तन गर्नु हुँदैन भन्ने पक्षमा केबल ५।७ प्रतिशत मत आएको थियो ।
म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए ।
मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।
ग्रीसका प्रधानमन्त्री अलेक्सिस चिप्रासले म्यासेडोनियाका समकक्षीलाई टेलिफोन गरी सम्झौताको कार्यान्वयनलाई निष्कर्षमा पु¥याउन म्यासेडोनियाका प्रधानमन्त्रीको साहस र प्रतिबद्धताको प्रशंसा गरे ।
अब म्यासेडोनियाको नाम परिवर्तनका लागि संसदको दुई तिहाइ मत आवश्यक पर्नेछ । साथै, यसलाई ग्रीसको संसदले समेत अनुमोदन गर्नुपर्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 6 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 24 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 28 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।