किन टल्कन छाड्यो माछापुच्छ्रे हिमाल ?

पोखरा । त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चकममा पनि कमी आएको महशुस गरिएको छ ।
आजभोलि पोखरेलीका सामाजिक सञ्जाल फेसबुक पेज माछापुच्छ्रे हिमालका तस्बिरले रङ्गिएका देखिन्छन् । तस्बिरसँगै धेरैले हिउँ नभएको हिमाल भन्दै चिन्ता व्यक्त गरेका छन् । यतिबेला माछापुच्छ्रे हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई चिन्तित बनाउनु स्वाभाविक हो ।
बिहान उठ्ने बित्तिकै मुस्कुराइरहेको माछापुच्छ्रे देखिँदा दिनभर नै ऊर्जा मिल्ने अनुभवसहित जीवनका सात दशक बिताइसक्नुभएका पोखराका अग्रज साहित्यकार एवं फोटो पत्रकार विश्व शाक्य अहिलेजस्तो माछापुच्छ्रेको उराठलाग्दो रुप कहिल्यै नदेखेको बताउँछन् । “मैले यो उमेरसम्म यस्तो अवस्थाको माछापुच्छ्रे देखेको थिइनँ । हिउँदको समयमा माछापुच्छ्रेमा छपक्क हिउँ त हुँदैन तर अहिले यस्तो कालो त यसअघि कहिल्यै देखिएको थिएन, घरको छतबाट हेर्दा कालापत्थरको चुच्चो जस्तो देख्छु ।”
शाक्यका अनुसार ४० को दशकबाट पोखराको न्यूरोडमा घरहरु बन्न शुरु गरेका हुन् । त्यसअघि जङ्गल र कोदोबारी थियो । अहिले विकासको नाममा सबै विनास भएको छ । खरका छाना फालेर टिन राख्न थालियो । टिन फालेर सिमेन्टका घर बन्न थाले । तापक्रम बढ्दै गयो । त्यसको प्रत्यक्ष असर हिमालमा पनि देखिँदै गएको उहाँको ठम्याइ छ ।
भूगोलका विद्यार्थी शाक्यले भने, “यसअघि हिउँदमा पनि हिमालमा चिस्यान हुन्थ्यो र हिउँ नै नभए पनि माछापुच्छ्रे को स्वरुप यति बिरुप अहिलेसम्म देखिएको थिएन ।”
भूगोलका अनुसन्धानकर्ता भानु पराजुली माछापुच्छ्रे हिमालको दक्षिणतिरको भू–भाग भिरालो भएकाले हिउँ परे पनि अडिने ठाउँ नभएको बताउँछन्, यद्यपी विगत वर्षमा भन्दा यो वर्ष हिउँ कम भएको उनी स्वीकाछन् । “भिरालो भएकाले लपक्कै हिउँ कहिल्यै पनि देखिएन, तर अहिले अलि बढी नै कालो देखिएको सत्य हो ।”
अहिले उद्योग कलकारखाना बन्द छन् । वातावरणमा प्रत्यक्ष असर पार्ने ग्याँस उत्पादन भएको छैन, प्रदूषण कम छ, मौसम पनि राम्रो छ । यो वर्ष निरन्तर पानी परेका कारणले हिमालमा हिउँ जम्न पाएन, जसका कारण हिमाल हिउँबिहीन देखिएको उनको बुझाइ छ ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले माछापुच्छ्रे तुलनात्मक रुपमा पहिलैदेखि नै कम हिउँ पर्ने हिमाल भएको बताउनुहुन्छ । “माछापुच्छ्रे को उचाइ ६९९३ मात्र छ, यसको स्वरुप पनि अलि भिरालो छ, यो समयमा माछापुच्छ्रे केही छिर्केमिर्के देखिन्थ्यो, अहिले पानी नपरेकाले अलि बढी कालो देखिएको हो ।” उनले भने, “पोखराको गहनाको रुपमा रहेको माछापुच्छ्रे पानी परेपछि फेरी खुलेर मुस्कुराउने छ र हामी रमाउँने छौ ।”
पोखरा पत्रकार कृष्णमणि बराल पनि अहिले सामाजिक सञ्जालमा माछापुच्छ्रेमा हिउँ छैन भनेर प्रचार गरिएपनि यसअघिका वर्षमा पनि यो समयमा माछापुच्छ्रेमा बाक्लो हिउँ नहुने बताउँछन् । “मैले लामो समय माछापुच्छ्रेको फोटो खिच्दै आएको छु, अहिले पानी नपरेका कारणले हिमाल हिमाल जस्तो देखिएको छैन, यसको अन्य पाटोको बारेमा विज्ञबाट अनुसन्धान होला तर मैले देखेको हिमाल यो समयमा सँकधै उस्तै हो ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 50 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।