मदनको ७१औँ जयन्तीः राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । 

 

तीक्ष्ण क्षमता र बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेको छ ।

 

मौलिक विचारसहित समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने जननेता भण्डारीको ७१औँ जन्मजयन्ती (असार १४) का सन्दर्भमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको  विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता भण्डारीको देन विशिष्ट रहेको छ । 

 

भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ माघ ९१४–२०० मा  सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरणका लागि पृथक र लोकप्रिय मानिन्छ । ‘जबज’लाई शान्तिपूर्ण र लोकतान्त्रिक पुँजीवादी क्रान्ति हुँदै समाजवादको लक्ष्यमा क्रमशः जाने प्रमुख आधारशीला मानिन्छ ।

 

वाम वुद्धिजीवी डा बद्रीविशाल पोखरेलले  ‘जबज’ आमश्रमजीवी जनताको सर्वाङ्गीण हितका लागि ल्याएको विश्व दृष्टिकोण भएको र यसले श्रमको अधिकतम उपयोग गर्दै श्रमलाई सीपसँग जोडेर विकासको प्रतिफल दूरदराजका जनतासम्म पारदर्शीरुपमा हस्तान्तरण गराउने सोच बोकेको बताए । त्यसबेला ‘सङ्घीयता’ शब्दको प्रयोग नभए पनि विकेन्द्रीकरणलाई जनतालाई आर्थिक, नैतिक, सांस्कृतिक र सबै हिसाबले स्वतन्त्र र आत्मनिर्भर बनाउन जबजको सान्दर्भिकता रहेको डा पोखरेलको भनाइ छ ।

 

‘जबज’ को विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने एमाले मात्रै होइन, एमालेसँग २०७५ जेठ ३ गते एकता गरेर हाल पूर्ववत पार्टीमा फर्किएको नेकपा (माओवादी केन्द्र) ले अपनाएको एक्काइशौँ शताब्दीको जनवाद र जबजका १४ विशेषता तथा हाल ती पार्टीहरूले लिएको वैचारिक नीति, कार्यक्रम र समाजवादको लक्ष्यका सन्दर्भमा अनेक समानता भेटिन्छन् । 

 

शीर्ष नेताको स्वार्थ नमिलेका कारण एमालेबाट गतवर्ष चोइटिएर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) ले जबजकै विचारलाई स्पष्टतः अँगालेको छ । जबजका मुख्य १४ विशेषतामा संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध हुनु आदि पर्दछन् । बहुदलीय प्रतिस्पर्धाको विचारको निरन्तरतामा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू हासिल भएको छ ।

 

माक्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिन कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेकामा ती सबै पार्टीका नेताबीच विमति देखिँदैन । नेता भण्डारीको ७१औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेका साताव्यापी कार्यक्रमका वक्ताहरुले पनि त्यही भावलाई व्यक्त गरिरहेका छन् ।

 

एमालेका महासचिव शङ्कर पोखरेलले सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा जननेता भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्त देशको विकासका लागि दीर्घकालीन सोच र दूरदर्शितापूर्ण भएको टिप्पणी गरे । मदन भण्डारी फाउण्डेशनले ‘युवाका दृष्टिमा जननेता भण्डारी’ विषयमा गराइरहेको भिडियो प्रतियोगिता वा गत वर्षहरूमा आयोजना गरेका निबन्ध र गीत प्रतियोगिता, सुशासन र समृद्धिका लागि सञ्चार तालीमजस्ता कार्यक्रममा युवाले भण्डारीको वैचारिकता राष्ट्र निर्माणको आधार र जग भएको भाव व्यक्त गरिरहेका फाउण्डेशनकी सचिव पेम्बा लामाको भनाइ छ ।

 

भण्डारीको जन्मजयन्तीलाई साताव्यापीरुपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उहाँको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवद्र्धन गर्दै आएको छ । फाउण्डेशनका सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । छलफल कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

 

असार ११ गते कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, १२ गते सञ्चारकर्मीसँग अन्तक्र्रिया र १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद सम्पन्न भयो । मूल कार्यक्रम असार, १४ गते राष्ट्रिय सभागृहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने गरी तय गरिएको छ । सोही दिन ‘जबजः राष्ट्र निर्माणको आधार’ विषयमा प्रवचन पनि हुँदैछ । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण हुनेछ भने असार १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’ को पाँचौँ अङ्कको सार्वजनीकरण र असार १६ गते लोकतान्त्रिक आन्दोलनाका योद्धालाई सम्मान गरिनेछ ।

 

विसं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्ष अगाडि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टीको एकीकरण भएको र हाल नेकपाबाट तीन वटा पार्टी विभाजित भए पनि वैचारिक ध्रुवका दृष्टिले ती दल धेरै टाढा छैनन् ।

 

मेधावी मदनको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा पिता देवीप्रसाद भण्डारी र माता चन्दकुमारीको कोखबाट भएको थियो । विसं २०२८ मा वनारसमै पुष्पलालसँग भेटे मोर्चा तयार गरेका भण्डारीले त्यही साल भएको फागुन २१ मा झापा विद्रोह र पाँच सहयोद्धाको साहदतपछि उनको क्रान्तिकारी यात्राले गति लिएको थियो । 

 

विसं २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसका संस्थापक नेता तथा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा जितेपछि मदन विश्वभर फिजिएका थिए । अमेरिकाको ‘न्यूज वीक’ ‘कार्ल माक्र्स लाइव इन नेपाल’ भनेरसमेत लेखेको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

  • 51 minutes ago
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 2 hours ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 2 hours ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।