देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : माधवकुमार नेपाल

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उनले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताए ।
‘हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ’, उनले भने, ‘नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदारण मैले स्वयम् पाएको छु ।’
आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्व प्रधानमन्त्री बाराक ओबामाले आफु सामुन्ने आइ अन्य मुलुकका मानिसको विचमा मिस्टर नेपाल भनी हात मिलाउन आउँदा देशको सान बढेकोे नेता नेपालले बताए ।
उनले नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गरे । नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन उनले आग्रह गरे ।
हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गरे । महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रुपमा अनिवार्य गर्न माग गरे ।
उनले भने, ‘नेपालका विभिन्न जात जातिको पहिचान अघि बढाउन राष्ट्रिय पोशाक सङ्ग्रहालय स्थापना गर्न आवश्यक छ ।’ सांसद नवराज सिलवालले राष्ट्रिय पहिचान भएका मुलुक विकासको गतिमा अघि बढिरहेका बताए । प्रदेशसभा सदस्य लालकुमारी पुनले नेपालको सभ्यता झल्काउन राष्ट्रिय पोशाकले सदैव हरेक नेपालीलाई सहयोग गर्ने बताए ।
नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालका सबै जातजाति भाषाभाषी एकै स्थानमा समेट्न राष्ट्रिय पोशाक सङ्ग्रहालयले सहयोग गर्नेमा जोड दिए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न क्षेत्रमा सरकारले नीति बनाए जसरी नेपालमा राष्ट्रिय पोशाक नीति बनाउन आवश्यक रहेको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 45 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 55 minutes ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
इराकमा चौध जनालाई मृत्युदण्ड
- 1 hour ago

बगदाद। इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो। नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले त
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।