मड्रिडमा कोप २५ को औपचारिक सुरूवात

मड्रिड, स्पेन । संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (कोप२५) स्पेनको राजधानी मड्रिडमा औपचारिक रूपमा सोमबार सुरू भएको छ ।

 

जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी)का अध्यक्ष होसुङ लीले जलवायु परिवर्तन र यसका असरबारे सम्बोधनका साथ औपचारिक रूपमा सुरू भएको यस सम्मेलनमा पनि पेरिस सम्मेलनले उठाएका बिषयलाई मुख्य बिषयका रूपमा उठाइने सम्मेलनमा भाग लिन स्पेन पुगेका विश्व नेताहरूले बताएका छन् ।

 

जलवायु नियन्त्रण प्रयासका लागि भएका वर्तमान् प्रयासले पृथ्वीको तापमान वृद्धिबाट आउनसक्ने भयावह स्थितिलाई सम्वोधन गर्न असम्भव रहेको लीले बताए । 

 

उनले भने, “यदि हामीले जे गरिरहेका छौँ यसैलाई निरन्तरता दिने हो भने पृथ्वीको तापमान वृद्धिलाई जुनरूपमा नियन्त्रणमा राख्नुपर्ने हो यो सम्भव नभएको र यसले समस्त मानवजगत्ले भयावह स्थितिको सामना गर्नुपर्ने र यसले हाम्रो अस्थित्वमाथि नै खतरा ल्याउनसक्नेछ ।”

 

“हामीले जलवायु परिवर्तनको समस्यालाई सम्वोधनका लागि प्रशस्त कार्य त गर्न सकेका छैनौँ र यो अवस्थालाई नियन्त्रणमा राख्नका लागि समस्याको निकटसम्म पनि पुग्न सकेका छैनौँ,” आइपीसीसी अध्यक्ष लीले भने । 

 

सम्मेलनलाई सम्वोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस भने, “विश्वलाई जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता र लचकताको जरूरी छ ।”

 

महासचिव गुटेर्रेसले भने,“पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि खनिज इन्धनको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ ।” 

 

उनले थपे, “यदि यसो गरिएन भने हामीहरू एउटा प्रलयकारी अवस्थाबाट अन्त्य हुनेछौँ । हाम्रो (मानवजगत) को अस्तित्व नरहन सक्नेछ ।”

 

जलवायु नियन्त्रणका लागि पछिल्लो पुस्ताका युवाहरूले गरेको प्रयासलाई प्रशंसा गर्दै उनले भने, “युवाहरूले विश्व नेताहरूलाई जलवायु समस्यालाई तत्काल सम्वोधन गर्न घचघचाइरहेका छन् । यो निरन्तर आवश्यक छ ।”

 

चिलीमा हुनेगरी तय भएको कोप२५ सम्मेलन त्यहाँको सामाजिक तथा राजनीतिक समस्याका कारण स्पेनले आयोजना गरेको हो ।

 

स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले सम्मेलनका सहभागीहरूलाई स्वागत गर्दै भने, म्याड्रिड जलवायु परिवर्तन समस्याविरूद्धको लडाई लड्ने पहिलो राजधानी शहर हुनेछ । स्पेनी प्रधानमन्त्रीका रूपमा मैले यो प्रतिवद्धता व्यक्त गर्दछु ।

 

सम्मेलन यही डिसेम्बर १३ सम्म चल्नेछ । 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।