'महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्छ'

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनमा विश्व कोरोनाभाइरस महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा जोड दिए ।

 

संयुक्त राष्ट्रसंघका अन्वेषकहरूले मानवतासम्बन्धी अपराधको अभियोग लगाएका मदुरोले भिडियोमा रेकर्डमार्फत् पठाइएको सम्वोधनमा ‘आधिपत्य’ र ‘साम्राज्यवादी विचार’ विरुद्ध लड्न पनि उक्त अवसरमा आग्रह गरे । 

 

उनले विश्वको स्वास्थ्य संगठनमा हस्तक्षेप अस्वीकार्य भन्दै कुनै देशको स्पष्ट नाम नदिई भने, “भेनेजुएलाले बहुपक्षीय विश्वलाई समर्थन गर्छ र अन्तर्राष्ट्रिय कानून लागू गर्ने र विश्वको जनतालाई कसरी जोगाउने व्यवस्था गर्ने भन्ने नयाँ राष्ट्रसंघीय प्रणालीको समर्थन गर्छ ।” 

 

“यो अपमान गर्ने, डब्ल्यूएचओलाई धम्की दिने समय होइन, अब यसको पक्षमा एकजुट हुने समय आएको छ,“ उनले भने ।

 

“विश्वले ७५ वर्ष अघि फासिवादलाई पराजित गरेको थियो । साम्राज्यवादी विचारको पक्षमा वर्चस्व खोज्नेहरुविरूद्ध पनि विश्वले जित्नेछ, र यो नव–फासीवादलाई हराउन सक्षम हुनेछ,” मदुरोले सम्बोधनमा भने । भेनेजुयलाको निर्वाचनमा विपक्षी समूहलाई सहभागिता नगराएको र निर्वाचन आफ्नो पक्षमा पार्न व्यापक धाँधली गरेको दावी गर्दै मदुरोलाई राष्ट्रपतिका रूपमा अमेरिका लगायत विश्वका करिब ५० मुलुकहरूले वैधानिकता दिएका छैनन् । 

 

मदुरो बुधवार संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा अर्को सम्वोधन गर्नुहुनेछ । मदुरोले सन् २०१८ पछि महासभामा भौतिक रूपमा उपस्थित भएका थिएनन् । 

 

क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्ज पर्रिलाले पनि आफ्नो सम्वोधनमा संयुक्त राष्ट्रसंघको ७५ औं सभामा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनलाई सबैभन्दा ठूलो विश्वव्यापी शक्तिले खतरामा पारेको बताए । 

 

“संयुक्त राज्य अमेरिकाको गैरजिम्मेवारपूर्ण व्यवहार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो,” उनले भने । 

 

“यस्तो देखिन्छ कि (अमेरिका) यस ग्रह र यसका बासिन्दाहरूसँग युद्धमा छ,” रोड्रिग्ज पर्रिलाले क्युवामा वाशिंगटनले लगाएको “आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी” को विरोध गरे । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

  • 2 minutes ago
के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

  • 6 minutes ago
वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 17 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।