महेश बस्नेतकाे घाेषणा : भक्तपुरका सबै दुर्गम क्षेत्रलाई सुगम बनाउँछाै
- नेपालीपत्र
- बुधबार, १५ साउन, २०७६
- 3 years ago
- राजनीति


भक्तपुर । सूर्यविनायक नगरपालिका–९, नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेको सो पुल उनकै पहलमा निर्माण गरिएको हो ।
सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताए ।
उनले पलासेदेखि डोलेश्वरसम्मको सडक निर्माण दशैँअघि नै सम्पन्न हुने, मासपाटीदेखि जोरपाटी सडक, भातेढिकुरदेखि नंखेल जाने सडक, पलासेदेखि काँक्राबारी जाने सडक केन्द्रीय योजनामा पार्न सफल भएको बताए ।
सांसद बस्नेतले दिव्येश्वरी तथा बृहत् खानेपानी आयोजनाले तीनसय घरलाई खानेपानी पुग्ने गरी ल्याउन लागेको बताउँदै उनले अब सूर्यविनायक क्षेत्रमा खानेपानीको अभाव नहुने र नयाँ खानेपानीको मुहानलाई व्यवस्थित गरिने बताए ।
वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले सूर्यविनायक नगरपालिकाको रू. ११ लाख र ट्रस पुल निर्माणका तर्फबाट रु. ११ लाख गरी कूल रु. २२ लाखको लागतमा पुल निर्माण गरिएको र यसबाट यहाँका बासिन्दालाई निकै सहज भएको बताए । (रासस)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 13 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 27 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 47 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।