सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको घरमा कुनै चहलपहल थिएन ।

 

छ महिना अगाडि मात्रै मुटुको ओपन हार्ट सर्जरी गरेपछि घरमा आराम गरेकी सांसद बस्नेतको ६६ वर्षीया आमासहित परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि घर मै आइसोलेसनमा बसेको परिवारमा १५ दिनपछि हिजो मात्र कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि बल्ल दशैँको रौनक आएको छ ।

 

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै उनले कोरोनालाई परास्त गरेर दशैँको टीकासंगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बताउदै सांसद बस्नेतले भने, “कोरोनालाई परास्त गर्नुभएको आमाको हातको टीका लगाउँदा उहाँले हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिनुभयो ।” 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहनुभएका  बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ देखिएकोमा १५ दिनको होम आईसोलेसनको बसाईबाटै उनीहरु सबैको कोरोना रिपोर्ट हिजो नेगेटिभ आएको थियो । 

 

आमालाई सुरुमा ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखिएपछि गरेको परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्क ट्रेसिङमा परेका सांसद बस्नेत, उनको बुबालगायत परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

 

यसवर्ष परिवार बाहेक टीका थाप्न आउने अन्यलाई नआइदिन आग्रह गरेको बताउदै उनले कोरोना कहरबीच यस वर्षको दशैँ तिहार परिवार मै सिमित भएर औपचारिकतामा मात्रै मनाउन आग्रह गरे ।

 

कोरोनालाई परास्त गर्ने अचुक उपाय आत्मावल नै रहेको आमाबाट पाएको बताउदै उनले कोरोना विरुद्धको भ्याक्सिन सहज रुपमा नआएसम्म हरेक दिन तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जो जस्ता सामग्री पकाएर पानी पिउन सुझाब समेत दिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 10 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 11 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 17 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।