मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय
- शनिबार, २२ कार्तिक, २०७७
- 2 years ago
- पर्यटन

दमौली । कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे । कोभिडकै कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै पलायन भए, कतिपय बन्द हुने अवस्थामा पुगेका छन् ।
पछिल्लो समय दमौलीका होटल व्यवसाय विस्तारै तङ्ग्रिने प्रयासमा छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ भएका हुन् । राति बास बसेर बिहानै मानहुँकोटमा पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली आउन थालेका छन् ।
दमौलीस्थित होटल ससइनका सञ्चालक जीवन शाहीले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिनुभयो । “कोभिडले धरासायी भएको होटल व्यवसाय मानहुँकोटका कारण तङ्ग्रिने प्रयासमा छ, एक हप्तादेखि आन्तरिक पर्यटकका कारण होटल प्याक छ”, शाहीले भने, “दैनिकजसो कोठा नभएर पर्यटक फिर्ता पठाउनुपर्ने अवस्था आएको छ ।”
श्रेष्ठको होटलमा ११ कोठा रहेकामा दैनिक २०÷२५ जना पर्यटक बास बस्ने गरेका छन् । “मानहुँकोटले बाहिरी जिल्लाका आन्तरिक पर्यटक ह्वात्तै तान्यो, व्यवसाय ठप्प रहेको बेला राहत मिलेको छ”, उनले भने । मानहुँकोट दमौलीवासीका लागि गर्व गर्ने ठाउँ रहेकाले यहाँ घुम्न आउने पर्यटकको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको शाहीले सुझाव दिए ।
व्यास नगरपालिका–५ चापाघाटस्थित न्यू ड्रागन होटलका सञ्चालक दिनेश खनालले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । “कोरोनाले सुस्तायो होटल व्यवसायलाई मानहुँकोटले ऊर्जा भरिदिएको छ”, उनले भने, “मानहुँकोट जान आएका पर्यटक बास बसेका कारण होटलका सबै कोठा प्याक छन् ।” उनका अनुसार होटलमा २० कोठा रहेकामा सबै भरिभराउ छन् ।
व्यास नगरपालिका–३ मुख्यचोकस्थित पञ्चम होटलका सञ्चालक राजकुमार श्रेष्ठले दैनिक २५÷३० जना आन्तरिक पर्यटकले आफ्नो होटलमा रात बिताउने गरेको जानकारी दिए । “चार÷पाँच दिनदेखि ११ वटा कोठा सबै भरिभराउ अवस्थामा छ”, उहाँले भन्नुभयो । क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनालले यतिबेला दमौलीका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएको जानकारी दिए । “मानहुँकोट निकै चर्चामा आएपछि देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली ओइरिएका छन्, जसकारण अधिकांश होटल भरिभराउ भएका छन्”, उनले भने, “कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाहुना राख्न होटल व्यवसायीलाई अनुरोध गर्दै आएका छौँ ।”
सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको श्रेष्ठले जानकारी दिए । “दैनिक करिब एक हजारभन्दा बढी पर्यटक मानहुँकोट आएका छन्”, उनले भने, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।”
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 23 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।