मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शनिबार, २१ साउन, २०७९
  • 1 week ago
  • नेपाल
सांकेतिक तस्बिर

मकवानपुर । बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको  हेटाँैडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएकोे छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन्  ।

 

विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन््।विशेषगरी बाथ, पित्त, कफ, ग्यास्टिक, ववासिर, अल्सर, ज्वरो, कमलपित्त, कमजोरी, भोक नलाग्ने, हात र खुटा सुन्निने झमझमाउने र पोल्ने तथा पारालाइसिसलगायत विभिन्न रोगका बिरामीलाई दिइने औषधि सकिदा पनि प्रदेश सरकारले उपलब्ध नगराएकाले  सेवा लिनेहरु मारमा परेको बताइएको छ ।

 

दैनिक ८५ बिरामी उपचारका लागि आउने गरेकामा औषधि अभावका कारण हाल दैनिक ३० देखि ३५ बिरामी आउने गरेको केन्द्रका सूचना अधिकारी अशोक झाले बताए । बिरामीलाई विभिन्न औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप र  रोग नुसारको उपचार पद्धति प्रयोग हुँदै आएको उहाँले जानकारी दिए । विगत दुई वर्षदेखि विश्वमहामारीका रुपमा फैलिएको कारोनाको सङ्क्रमणवाट जोगिनका लागि सो स्वास्थ्य केन्द्रमा उपचार गराउन र परामर्श लिनेको सङ्ख्या बढ्दै गएको थियो । 

 

प्रदेश सरकारसँग औषधि खरिदका लागि रकम माग गरिएकामा अहिलेसम्म प्राप्त हुन नसकेको सूचना अधिकारी झाले जानकारी दिए । त्यस्तै  स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारणले कार्य सम्पादनमा समेत समस्या भएको उनको भनाइ थियो ।उक्त केन्द्रबाट आर्थिक वर्ष २०७८÷७९ मा नौ हजार एक सय ११ बिरामीले  उपचार सेवा लिएकामा चार हजार पाँच सय १५ महिला र चार हजार चार सय ९५ पुरुष थिए ।उक्त केन्द्रमा प्रयोगशाला, फिजियोथेरापी, क्षारसूत्र, पञ्चकर्म, योग सेवाका साथै ज्येष्ठ नागरिकहरुलाई रसायन औषधि वितरण  तथा  स्तनपायी आमाहरुका लागि दुग्धबर्धक औषधि वितरणसमेत हुँदै आएको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड

  • 2 hours ago
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

  • 2 hours ago
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

  • 2 hours ago
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

जीवनशैली

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।

विचित्र विश्व

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा ​​रहेको बताएका छन्।