हरेक तिन वर्षमा पर्ने पुरुषोत्तम महिनाको पौराणिक,ज्योतिषी र सामाजिक मूल्य मान्यता

Norvic Hospital

काठमाडौं । पुरुषोत्तम महिनालाई अधिकमास,मलमास पनि भनिन्छ । यस महिनामा भगवान विष्णुको पूजाआजा हुन्छ । अन्य देवकार्य र पितृकार्य वर्जीत छ तर आफूले गर्ने दैनिक पूजा पाठ भने वर्जित छैन । वर्ष दिनलाई ठिकसँग मिलाउनको लागि मलमास र क्षयमास आउने गर्दछ । 

 

पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठिक समयमा आउने गर्दछ भने अधिकमास चन्द्रमासको गतिमा निर्धारण हुने गर्दछ । 

 

पौराणिक इतिहासलाई हेर्ने हो भने दैत्यराज हिरण्यकशिपुले देवतालाई पराजय गराउन तपस्या गर्दा ब्रह्माजिसँग अमर रहने वर माग्यो तर त्यो  प्रकृति विपरित भएकोले अन्य वर माग भन्दा हिरण्यकशिपु  म न दिनमा मरौै ,न रातमा, न शस्त्रले, न अस्त्रले, न महिनामा,  न वर्षमा, न जिवबाट,  न जन्तुबाट मरौं आदि अनेकौं वरदान माग्यो र ब्रम्हाले वरदान दिए ।

 

तर हिरण्यकशिपुका छोरा प्रल्हाद भगवान विष्णुका भक्त भए  यसरी आफ्नु छोरो प्रल्हाद आफ्नु सत्रुको भक्त भयो भनेर मार्न लाग्दा भगवान विष्णुले नरसिंह अवतार लिए साथै अधिकमास बनाए  र सांझपख नङद्वारा हिरण्यकशिपुको वध गरे।  यसरि  हिरण्यकशिपुको वध गर्नको लागी भगवानले अधिकमास श्रृजना गरे भन्ने पौराणिक इतिहास र श्रीमद्भागवत पुराणमा बताइएको छ । 

 

वैदिक अभिलेखहरूमा आषाढ र पौषमा मात्र अधिकमास पाइन्छ । तेह्रौ शताब्दीबाट 'सिद्धान्तशिरोमणी' ज्योतिषफलमा अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरिएको छ ।

 

 ३६५ दिनको एक वर्ष अर्थात १२ महिना हुन्छ । सामान्यतया सौरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ तर चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमा सम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । 

 

सौरमासभन्दा चन्द्रमासको दिन गणना अनुसार ११ दिन बढी एक वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । यसक्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढि हुनपुग्छ । यसै समयलाई अधिकमास भनिन्छ ।

 

ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई  क्षयमास भनिन्छ । अधिकमास हरेक तिन महिनामा आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।

 

विवाह गरेको नवविवहीताले अधिकमास छल्न पर्ने हुँदा यस महिनाभरि  बुहारि माईत गएर बस्ने चलन छ । यदि नयाँ बुहारि घरमै बसिन् भने पहिला त आफ्नै शरीर पिडा हुने अनि पतिलाई सम्म पिडा हुने त्यसपछि यदि असारमा अधिकमास परेको बेला घरमा बस्दा बुहारीले सासू पिर्ने , जेठमा पर्दा जेठाजु पिर्ने, पुसमा पर्दा ससुरालाई पिर्ने अनि पहिलो र चैतमा पर्दा माईतमा बस्दा आफ्नै पितालाई पिर्ने मान्यता छ ।

 

वैज्ञानिक दृष्टिकोणले हेर्दा अधिकमासमा रिप्रोडक्शन अर्थात् गर्भधारण गर्न नहुने भएको कारण पनि पतिबाट छुटाएर बुहारि लाई माईत पठाउनु चलन चलेको हो यदि आधिकमासमा गर्भ धारण भयो भने बच्चा अपाङ्ग अथवा राक्षसी प्रवृति हुने हुँदा नयाँ दुलहि माइत बस्नु पर्ने मान्यता रहेको छ । भने अधिकमासमा यदि कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिकमासमा मृत्यु वा जन्मलाई वार्षिकरुपमा मनाउन समय केलाउनुपर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको छ।

 

 ‘तीथ्यर्धे प्रथमे पूर्वोपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अर्थात् अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने शास्त्रीय प्रमाण पाईन्छ । 

 

पुरुषोत्तम महिनामा भगवान विष्णुको नामकृर्तन गरि पुरुषोत्तम माहात्मे सुन्ने र अन्तिम दिन  वर्त पारायण पुरा गर्न दिप दान र काँसको थालमा ३३ वटा मालपुवा राखी नारायणका ३३ नामले पूजा गरी श्रीमद्भागवत गिता सहित ब्राह्मणलाई दान गर्ने विधान छ । साथै काठमाडौंस्थित मच्छेनारायण मन्दिरममा तथा उपत्यकाका चार नारायण र बूढानीलकण्ठ नारायणको मन्दिरमा भक्तालुजनको महिनौ घुइँचो लाग्दछ तर यस वर्ष भने कोरोनाका करण मेला लाग्ने छैनन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 10 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

  • 20 minutes ago
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी आइतबार डिस

मलेसियामा एक नेपालीको मृत्यु

  • 27 minutes ago
मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।