मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाखभन्दा बढी विस्थापित

Global IME
Norvic Hospital

एजेन्सी । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु भएको छभने तीन लाख ६२ हजार नौ सय २८ जना विस्थापित भएका छन् ।  आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् ।

 

मालवीको विपद् व्यवस्थापन विभागका अनुसार चक्रवातमा परी नौ सय १८ जना घाइते भएका छन्भने दुई सय ८२ जना हराइरहेका छन् । देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पु¥याइएको छ ।

 

चक्रवातबाट अधिक प्रभावित  जोम्बा र माचिन्गाको भ्रमणपछि शनिबार साँझ टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै  मलावीका राष्ट्रपति लाजरस चकवेराले पीडितहरूलाई सघाउन आफूले आग्रह गरेपछि केही विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था, कम्पनी र व्यक्तिले सक्दो सहयोग गरेका बताउनुभयो । साथै उहाँले सबै दाताप्रति आभार पनि व्यक्त गरे । चक्रवात प्रभावित क्षेत्रको अवस्था भयावह रहेको उल्लेख गर्दै उहाँले थप सहायताका निम्ति अपिल पनि गरे । 

 

चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै रक्षा मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ । 

 

यसैबीच, मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 3 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 3 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 3 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।