फुटबलप्रेमी राजाको निधन

Global IME
Mega Bank
Norvic Hospital

क्वालालमपुर । मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । उनको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका हुन् । पाहाङ राज्यको भने उनी पाँचौँ राजा थिए । 

 

देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । 

 

राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उहाँको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।  

 

सन् १९३० मा जन्मनु भएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बन्नु भएको थियो भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बन्नु भएको थियो । 

 

मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ । 

 

उनलाई फुटबलमा अत्यन्त धेरै रुचि रहेको र फुटबल क्षेत्रमा उनको ठूलो योगदान रहेको भन्दै मलेसियामा उनलाई उच्च सम्मान गर्ने गरिएको छ । 

 

उनी झण्डै दुई दशकसम्म फुटबल सङ्घ मलेसियाको अध्यक्ष थिए भने सन् १९९४ देखि २००२ सम्म एशियन फुटबल सङ्घको अध्यक्ष थिए । 

 

मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा भएका छन् । निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उनी मलेसियाको १६ औँ राजा बनेका हुन् । त्यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि उनलाई नयाँ राजा चयन गरिएको हो ।

 

मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन रहे पनि यसअघिका राजाले समय पूरा नहुँदै व्यक्तिगत कारण देखाउँदै राजगद्दी परित्याग गरेका हुन् । 

 

बुधबार निधन भएका राजा सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा गत जनवरी ११ का दिन पद त्याग गरेपछि अहिलेका राजा अब्दुल्ला त्यस राज्यको सुल्तान बनेका थिए । त्यसपछि उनी केन्द्रको राजा बनेका हुन् । 

 

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन । उनीहरूले प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायका पदेन प्रमुख हुने व्यवस्था छ भने अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुनसक्ने व्यवस्था छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

  • 4 hours ago
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

  • 4 hours ago
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

  • 4 hours ago
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे



पर्यटन

गणेश हिमाल

गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।